ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी अस्पतालमा एचडीयू र अक्सिजनसहितको आइसोलेशन

२०७८ जेठ, ७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयू) र अक्सिजनसहितको २० शय्याको छुट्टै आइसोलेशन कक्ष सञ्चालन गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको ५/५ लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेशन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ ।

निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टेसन, शौचालय निर्माण, पानी र विद्युत् जडान गरेर आइसोलेशन शुरू गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘दुईओटा एचडीयू शøया भएको आइसोलेशन कक्षका सबै शय्यामा सिलिण्डरका साथै प्रशोधन केन्द्रबाट पाइपमार्फत सीधै अक्सिजन आपूर्ति हुन्छ,’ उनले भने, ‘एक–दुई दिनमा कोरोना संक्रमित महिलाको शल्यक्रियामार्फत प्रसुति सेवा शुरू गरिन्छ ।’

प्रदेश सरकारले विनियोजन गरेको ३० लाख बजेटबाट आइसोलेशनको क्षमता बढाउने तयारी भएको अध्यक्ष कटुवालले बताए । आइसोलेशनमा दशओटा विद्युतीय शय्या जडान गरिएको छ । साथै गतवर्ष शैक्षिक तालीम केन्द्रमा स्थापना गरिएको आइसोलेशनका सामग्री पनि प्रयोग भएको छ ।  कोरोना संक्रमितको मात्र उपचार गर्न छुट्टै आइसोलेशन कक्ष सञ्चालन भएपछि अस्पतालका अन्य नियमित सेवालाई निरन्तरता दिन सहज हुने बताइएको छ । यसअघि आकस्मिक र अन्तरंग कक्ष (बिरामी वार्ड)का साथै बरण्डामा शøया राखेर कोरोना संक्रमितको उपचार गरिएको थियो । अस्पताल परिसरमा अक्सिजन प्रशोधन केन्द्र सञ्चालन भएको छ । समुदायस्तरबाट अक्सिजन र कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण प्राप्त भइरहेको छ ।

आइसोलेशनमा बुधवारसम्ममा १९ जना उपचाररत छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरूको सहज पहुँच र निगरानी हुने भएकाले अस्पतालकै भवनमा आइसोलेशन बनाउन चिकित्सकले सुझाव दिएका थिए । अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले अस्पताल परिसरमै भएको आइसोलेशनमा जनशक्ति व्यवस्थापन र उपचारमा सहज हुने बताए । जिल्लामै संक्रमितको उपचार हुन थालेपछि विपन्न समुदायका नागरिकलाई राहत मिलेको छ । अस्पतालले वैशाख तेस्रो सातादेखि फिवर क्लिनिक सञ्चालन गरेको छ । छुट्टै ब्लकको भवनमा सञ्चालित बहिरंग, शल्यक्रिया लगायत सेवालाई प्रभावित हुन दिइएको छैन । सदरमुकाम बाहिरका अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र करीब १०० शøया क्षमताको आइसोलेशन केन्द्र सञ्चालन गरेर कोरोना संक्रमितको गाउँमै उपचार गर्न थालेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)