ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोभ्याक्सअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

२०७८ जेठ, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो ।

नेपालको कूटनीतिक पहलमा नभएर त्यहाँ रहेका गोर्खा र नेपालकी लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा त्यो बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । उनीहरूको पहलपछि गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा संसद्ले उक्त यस्तो निर्णय गरेको बताइएको छ ।

हाल नेपाललाई खोप अत्यन्त आवश्यक देखिएको भन्दै बेलायतले यस्तो निर्णय गरेको हो । यस सम्बन्धमा गत हप्ता राजदूत पोलिटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएकी थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बेलायतबाट २० लाख डोज खोप आउने पक्का भएको बताए । ‘विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने पक्का भएको छ । सम्भवतः १/२ दिनमा नै हामीले यसको लिखित अर्थात् आधिकारिक जानकारी पाउनेछौं,’ उनले भने, ‘आधिकारिक पत्र आएपछि खोप ल्याउने प्रक्रिया अगाडि बढ्ने छ ।’

भारतको सिरम कम्पनीले कोभिडसिल्ड उपलब्ध नगराउँदा पहिलो डोज लगाएका नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । यस अवस्थामा बेलायतबाट खोप आउन लाग्नु सकारात्मक पक्ष भएको मन्त्रालयको भनाइ छ ।

नेपालले कोभ्याक्स कार्यक्रमअन्तर्गत निःशुल्क रूपमा १ करोड ३२ लाख डोज खोप पाउने छ । तर, अहिलेसम्म ३ लाख ४८ डोज खोप मात्र प्राप्त भएको छ, त्यसमा पनि बेलायतको केही अंश रहेको थियो । साथै, पाउनुपर्ने बाँकी खोप पनि प्रक्रियामा रहेको मन्त्रालयको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)