ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्त नगरपालिकाको मुख्य प्रशासनीक भवनको शिलान्यास

२०७८ जेठ, १६  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

जेठ १६, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य प्रशासनिक भवन शिलान्यास गरिएको छ । शनिवार गणतन्त्र दिवसको अवसरमा नगर प्रमुख सुरेन्द्र विष्टले मुख्य प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । नगरपालिकाले नगरवासीलाई एउटै छानामुनीबाट सेवा दिन नयाँ भवन निर्माण कार्य थालेको हो । 

३१ करोड ९७ हजार ६०० कुल अनुमानित लागत रहेको उक्त प्रशासनिक भवन निर्माणका लागि १६ करोड ४९ लाख ७६ हजारमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाका ईन्जिनियर हिमालय सिंह ऐरले दुई वर्षमा सक्ने गरि चार तले भवनको शिलान्यास गरिएको बताए । 

उनका अनुसार भवनमा अत्याधुनिक सेवा सुविधा रहने गरि निर्माण गरिने छ । भवनमा १० ओटा मिटिङ हल, नगर प्रमुख तथा उप प्रमुख कक्ष, शाखा कार्यालय कक्षहरु, प्रशासनीक कक्ष लगायतको संरचना बन्नेछन् । चार तले भवनमा लिफ्टको समेत व्यवस्था हुनेछ ।

भवन निर्माणका लागि चालू आर्थिक वर्षमा संघिय सरकारले १८ लाख बजेट विनियोजन गरेको छ । भने थप बजेटका लागि प्रतिवद्धता जनाएको छ । अपुग बजेट नगरपालिकाले विनियोजन नगरपालिकाका प्रशासकीय  अधिकृत पुस्कर भट्टले बताए । 

उनका अनुसार हाल छुट्टाछुट्टै भवन शाखाहरु सञ्चालन भईरहेकाले एउटै भवनबाट नगरवासीलाई सेवा दिने निर्माण कार्य शुरु गरिए हो । अहिले करीब १०० भन्दाबढी कर्मचारी रहेको मुख्य प्रशासनिक कार्यायलमा ठाउँ अभाव रहेको छ । भवन निर्माण भएपछि एउटै भवनबाट सबै किसिमका सेवाहरु प्रदान गरिने भएकाले सेवाग्राहीलाई सहज हुनेछ  ।

नगर प्रमुख सुरेन्द्र विष्टले कार्यायललाई थप व्यवस्थीत बनाउन मुख्य प्रशासनिक भवन निर्माण गरिन लागेको बताए । उनले नगरपालिकाले  बलियो भौतिक पुर्वाधारसहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको बताए । हाल सबै वडामा वडा कार्यालय  भवन निर्माण गरिएको र केहिमा निर्माण पक्रिया अघि बढेको बताउँदै नगर प्रमुख विष्टले भने ‘हामीले अबको २५ वर्षपछिको अवस्थालाई मध्य नजर गरेर काम गरिरहेको छौँ, भीमदत्तलाई उप–महानगर तथा महानगरको आवश्यकता अनुसारका भौतिक पुर्वाधार निर्माण काम भइरहेको छ’ उनले भने ।

नगरपालिकाले २५ वर्षे गुरु योजना बनाएर काम गरिरहेको छ । गणतन्त्र दिवसको अवसर पारि गरिएको शिलान्यास कार्यलाई समयमै सम्पन्न गर्न निर्माण व्यवसायीले नगर प्रमुख विष्टले निर्देशन समेत दिएका छन् । 

त्यस्तै उप–प्रमुख शुसिला चन्द सिंहले पनि नमूना प्रशासनिक भवन बनाउने एतिहासिक कार्यको शिलान्यास गरिनु नगरवासीका लागि खुसीको कुरा भएको बताइन् । उनले नगरपालिकाले समयमै निर्माण सम्पन्न गर्न नियमित रुपमा अनुगमन र निर्देशन दिने बताइन् । नगरपालिकाले समृद्ध नगरको परिकल्पनासहित विकास निर्माण कार्यलाई अगाडी बढाइरहेको उनको भनाइ छ । 

त्यस्तै, निर्माण व्यवसायी धर्मराज जोशीले समयमै निर्माण कार्य सम्पन्न गरि सक्ने दाबी गरे । उनले  निर्माण सामाग्रीको अभाव नरहेमा समयावधि अगाडी नै भवन निर्माण कार्य सक्ने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)