ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेटप्रति पर्यटकीय नगरी पोखराका उद्योगी व्यवसायीको धारणा : आशावादी तर कार्यान्वयनमा चुनौति

२०७८ जेठ, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

जेठ १८, कास्की । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले गत शनिवार प्रस्तुत गरेको बजेटमा कोभिड- १९ का कारण थलापरेको उद्योगधन्दा,पर्यटन, व्यापार, व्यवसायीमैत्री र कोरोना भ्याक्सिन खरीदका विभिन्न कार्यक्रम ल्याएपछि पोखराका निजी क्षेत्र आशाबादी देखिएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/ ०७९ का लागि रू.१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।यहाँका उद्यमी तथा व्यवसायीले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य, पर्यटनसँगै उद्योगी तथा ब्यवसायीलाई विभिन्न छूट र प्राथमिकता दिएको भन्दै  बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सरकारले ल्याएको बजेट समग्रमा राम्रो रहेको बताएका छन् । उनले कोभिड–१९ को महावारीले उद्योगधन्दा र ब्यवसायलाई प्रभाब पारेको अवस्थामा सरकारले निजी क्षेत्रका विभिन्न समस्यालाई बजेटले समेटेको बताए । 

‘निजी क्षेत्रको अपेक्षा अनुसार बजेट आएको छ,समग्र बजेट कोभिडका कारण थलापरेका उद्योगधन्दासंगै ब्यवसायीका लागि बजेटले सम्वोधन गरेको छ’, उनले भने । ‘सरकरले ल्याएको बजेट जति लोकप्रिय छ ।त्यतीनै कार्यन्वयमा चुनौती देखिन्छ ।बजेट तत्कालै कार्यान्वयमा आउने गरि सरकार अगाडी बढोस ।’

अध्यक्ष कोइरालाले उद्योगी ब्यवसायीलाई सरकारले पुनर्कर्जा, विद्युत् महसुल छूट लगायतका विषय समेटेको बताए । उनले बजेट राम्रो भएपनि कार्यान्वयन पक्ष कसरी अगाडी बढ्छ भन्नेमा यसको सफलता र असफलता निर्भर रहने बताए । 

‘मुख्यकुरा बजेटको कार्यान्वयनमा सरकार कसरी अघि बढ्छ भन्ने हो,यो हेर्न बाँकी नै छ’, उनले भने । ‘विगतमा पनि राम्रा बजेट आएकै थिए । विगतमा सरकारले विकास बजेट ३५/ ४० प्रतिशत पनि खर्च गर्न सकेको छैन, आगामी दिनमा बजेटलाई उद्धेष्य अनुरुप कार्यान्वयन गरियो भने यसका राम्रा पक्ष छन् ।’
उनले उत्पादन र रोजगारी समेत श्रृजना गर्ने ठुला उद्योगलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराइले सवै क्षेत्र कोभिडले थलापारेको अवस्थामा सरकारले सवै क्षेत्रलाई समेटेर अहिलेको बजेट ल्याएको बताए ।उनले अहिलेको जटिल अवस्थामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटले थोरै भएपनि उद्योगी तथा ब्यवसायीलाई राहत दिने दावी गरे ।

अध्यक्ष भट्टराइले पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसाय बचाउनका लागि सरकारले पुनरुत्थानका कार्यक्रम ल्याएकाले यसले व्यवसायीलाई केही राहत दिने बताए ।

‘सरकारले बजेट मार्फत पुनरुत्थानका कार्यक्रम ल्याएको छ, यसले ठूला तथा साना व्यवसायीलाई थोरै भएपछि राहत दिने छ’, उनले भने ।उनले पर्यटनलाई सरकारले उद्योग सरह मान्यता दिएर बजेटमा समेटेको बताए ।

अध्यक्ष भट्टराईले सरकारले पर्यटन ब्यवसायीका लागि ल्याएको पुनरुत्थानका कार्यक्रममार्फत पर्यटन उद्योगमा सम्बद्ध व्यवसायीलाई कम्तिमा / ।५ प्रतिशत ब्याजदरमा ऋणको ब्यवस्था गर्न पर्ने बताए । उनले व्यवसायीले बैक तथा वित्तीययसंस्था मार्फत लिएको ऋणको किस्ता कम्तिमा  दुई वर्षका लागि समय थप गरिदिन आग्रह गरे ।

उनले पर्यटन व्यवसायसँग सम्वन्धित धेरै कुरालाई बजेटले समेटेको बताउदै पर्यटन क्षेत्रका मजदूरका वारेमा नीति तथा कार्यक्रममा प्रष्ट कुरा नआएकाले उनीहरुलाई व्यवसाय बचाउनका लागि सरकारले रोजगारी र विनाब्याजमा ऋणको व्यवस्था गर्नुपर्ने बताए । 

अध्यक्ष भट्टाइले विगतको झन्झटिलो प्रक्रिया हटाएर साना, मझौला तथा ठूला सबै व्यवसायले राहतको अनुभुति गर्ने गरी प्याकेजमा योजना बनाउन सुझाव दिएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं केन्द्रीय सदस्य संजिब बहादुर कोइरालाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सकारात्मक रहेको बताएका छन् ।

उनले कोभिडको महामारीले सवै क्षेत्र थला परेका बेला सरकारले उद्योगी ब्यवसायी लगायत आम नागरिकले राहत महसुस गर्ने गरी बजेट ल्याएकाले यसलाई तत्कालै कार्यान्वयमा ल्याउन आग्रह गरे । 

उनले अक्सिजन उद्योग स्थापनाका लागि भन्सार तथा भ्याट छूट दिने तथा सामुदायिक, निजी अस्पताललाई अक्सिजन प्लान्ट जडानमा ५० प्रतिशत पुँजीगत अनुदान दिने, सर्वसाधारलाई खानेपानी र विद्युत् लगायतमा छूट दिनेजस्ता व्यवस्था सकारात्मक रहेको बताए ।

अध्यक्ष कोइरालाले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले कर्मचारीलाई वार्षिक १० दिनको विदा दिएर आन्तरिक भ्रमणलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको बताए । उनले कर्मचारीलाई पेड होलिडेमार्फत भ्रमण गर्ने व्यवस्था गरेर सरकारले आन्तरिक पर्यटनलाई चलायमान गराउन खाजेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)