ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोजगार गुमाएका मजदूरलाई खाद्यान्न सहयोग

२०७८ जेठ, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

जेठ १८, म्याग्दी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि लागू गरेको निषेधाज्ञाका कारण रोजीरोटी गुमाएका मजदूरलाई क्षत्री समाज म्याग्दीको संयोजनमा खाद्यान्न सहयोग प्रदान गरिएको छ ।

क्षत्री समाज म्याग्दीको पहलमा गैरसरकारी संस्था क्युपेक नेपाल र संगम म्याग्दीले दैनिक ज्याला मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएका सदरमुकाम बेनीबजारका २३ परिवारलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो । 

क्षत्री समाज म्याग्दीका सचिव तथा बेनी नगरपालिका वडा नं ८ का वडा सदस्य हिमबहादुर भण्डारीका अनुसार २३ परिवारलाई ४६ हजार ९५० रुपैयाँ बराबरको चामल, दाल र नुन प्रदान गरिएको हो ।

क्षत्री समाजले २५ केजीको २३ बोरा चामल, क्युपेक नेपालले २ प्याक तेल र संगम म्याग्दीले २३ केजी दाल सहयोग गरेको उनले बताए ।

लकडाउनका कारण बिहान खाए बेलुकी के खाउँ, बेलुकी खाए बिहान के खाउ भन्ने अवस्थाका मजदूरहरुको दैनिक गुजारामा समस्या नहोस् भन्ने अभिप्रायले राहत स्वरुप खाद्य सामग्री प्रदान गरिएको क्षत्री समाजकी अध्यक्ष लक्ष्मीकुमारी केसीले बताइन् ।

बेनी नगरपालिकाकी उप–प्रमुख सञ्जु बरुवालले सहयोगप्रति सहयोगदातालाई धन्यवाद व्यक्त गरिन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागू गरिएको निषेधाज्ञाका कारण ज्यालादारी गरेर जीविका चलाउँदै आएका मजदूर थप समस्यामा परेको बताइन् । नगर उप–प्रमुख बरुवाल र वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँ लगायतको उपस्थितीमा राहत सामग्री प्रदान गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)