ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना महामारीकै बीच पर्वतमा बजार अनुगमन

२०७८ जेठ, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

जेठ १८, पर्वत । पर्वतमा कोरोना महामारीकै बिचमा पनि बजार अनुगमन गरिएको छ । निषेधाज्ञाको मौका छोपी उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको गुनासो पछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन भएको हो । अनुगमनमा  प्रशासनसँगै उपभोक्ता अधिकारकर्मी, कुश्मा नगरपालिका, उद्योग वाणिज्य संघ, प्रहरी समेतको सहभागिता रहेको थियो ।  

पर्वतमा प्रशासनकै निर्णय अनुसार बाहिरी जिल्लाबाट खाद्यन्न, तरकारी, फलफूल, निर्माण सामग्री आयात गर्न रोक लगाइएको छ । सामग्रीको आयात रोक लगाएपछि व्यावसायीहरुले अभाव देखाएर वस्तु तथा सेवाको मूल्य बढाएको उपभोक्ताहरुको गुनासो छ ।

मूल्य बढि रहँदा कुनै निकायले अनुगमन नगरेको गुनासो पछि प्रशासनले संयुक्त टोली बनाएर अनुगमन गरेको सहायक प्रजिअ कृष्णप्रसाद शर्मा सुबेदीले जानकारी दिए ।

बजार अनुगमन प्रणालीलाई व्यवस्थित राख्न संयुक्त अनुगमन गरिएको उनले बताए । बजार अनुगमन गर्दा वस्तुहरुको भण्डारण सन्तुलित नै रहेको पाईएको सुबेदीले जानकारी दिए । ‘हामीलाई सामान महँगो भयो भन्ने मौखिक गुनासो आएका हुन्,’ सुबेदीले भने, ‘बजारमूल्य भन्दा महँगोमा सामान बेचेको प्रमाण सहित कसैले उजुरी गरेको छैन । प्रमाणबिनाको उजुरी लाई आधार मानेर कसैलाई कारवाही गर्ने कुरो भएन ।’ 

अनुगमन टोलीले कृत्रिम अभाव सृजना नगर्न, बस्तु वा सेवाको मूल्यलाई नियन्त्रित सीमा भित्र राख्न र आपूर्ति तथा वितरण व्यवस्थालाई तोकिएको समयमा नियमित गर्न सुझाएको छ । अभावलाई देखाएर कसैले पनि उपभोक्तालाई बढि मूल्य लिने, अस्वभाविक भण्डारण गर्ने र कालोबजारी गरेको पाईए प्रचलित कानून अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ । उपभोक्ताहरुले व्यावसायीबाट कुनै पनि बाहना ठगिएको महसुुस गरेमा जिल्ला  प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।

खाद्य पदार्थको आपूर्ती रोक्ने प्रशासनको निर्णय खाद्य अधिकार विपरित भएको भन्दै अधिकारकर्मीहरुले विरोध गर्दै आएका छन् । प्रहरी कार्यालयका एक जवानमा तरकारी मार्फत कोरोना सरेको र एकजना व्यावसायीलाई वीरगञ्जबाट ल्याएको सिमेण्ट गोदाममा थन्क्याउदा कोरोना संक्रमण भएको व्यावसायीहरुले गुनासो गरेको जिल्ला प्रशासनले खाद्यपदार्थ, तरकारी, फलफूल र निर्माण सामग्री ढुवानीमा पूर्णतया रोक लगाएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)