ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा कोरोना संक्रमित घटे, निको भएर घर फर्कने बढे

२०७८ जेठ, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीमा पछिल्ला केही दिनयता कोरोना संक्रमण घट्दै गएको छ । त्यसैगरी होम आइसोलेशनमा रहेका कोरोना संक्रमित निको भएर आआफ्नो कामधन्दामा लाग्ने र अस्पतालमा उपचाररत संक्रमित निको भएर घर फर्किने क्रम बढेको स्वास्थ्य कार्यालय म्याग्दीले बताएको छ ।

वैशाख महीना पूरै र जेठ पहिलो सातासम्म कोरोना संक्रमणका हिसाबले गण्डकी प्रदेशकै ‘हट स्पट’ बनेको म्याग्दीमा जेठ दोस्रो सातासम्मको स्थिति ‘स्थिर’ रहेको भए पनि तेस्रो साताको शुरुआतसँगै ओरालो लागेको स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

सदरमुकाम बेनीसहित जिल्लाका ६ ओटै स्थानीय तहका गाउँगाउँमा कोरोनाका लक्षण देखिएका बिरामीको संख्या घट्दै गएको जनप्रतिनिधिहरूले बताएका छन् । त्यसैगरी जिल्लामा जटिल समस्या भएका बिरामीको चाप समेत कम भएको बेनी अस्पतालले बताएको छ । जनस्वास्थ्यका मापदण्डको पालना गर्न सके कोरोनाबाट जोगिन सकिने स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले बताए । ‘संक्रमणको दर घटे पनि जोखिम अझै कायमै छ, सबैले अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्डको पालन गर्नुपर्छ, प्रमुख लम्सालले भने ।

म्याग्दीमा कोरोना संक्रमितको संख्या १ हजार ९१९ पुगेको छ । मंगलवार बिहानसम्म जिल्लामा २४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)