ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इप्पानले अक्सिजन प्लान्ट बनाएर सरकारलाई दिने

दुई हप्ताभित्रै हस्तान्तरण

२०७८ जेठ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा भइरहेको अक्सिजन अभावलाई दृष्टिगत गर्दै स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले अक्सिजन प्लान्ट बनाउने भएको छ । इप्पानले आफ्नो संस्थामा आबद्ध कम्पनीहरूको सहयोगमा अक्सिजन प्लान्ट बनाएर सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।

इप्पानले २ करोड रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट गरेर सरकारमार्फत काठमाडौंको एक सरकारी अस्पताललाई हस्तान्तरण गर्न लागेको हो । इप्पानका उपाध्यक्ष तथा अक्सिजन प्लान्ट स्थापना समितिका संयोजक मोहन डाँगीले प्लान्ट स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताए । दुई हप्ताभित्रै बनाएर कुनै एक सरकारी अस्पताललाई हस्तान्तरण गरिने उनको भनाइ छ ।

‘इप्पानमा आबद्ध विभिन्न प्रवद्र्धकहरूबाट १ करोड ६० लाख रुपैयाँको सहयोग प्रतिबद्धता आइसकेको छ । सहयोगको प्रतिबद्धता आउने क्रम पनि जारी छ,’ उनले भने, ‘करीब २ करोड रुपैयाँको लगानीमा अक्सिजन प्लान्ट बनाएर अस्पताललाई हस्तान्तरण गर्नेछौं ।’ कोरोना संक्रमितको उपचारमा सहजता ल्याउने उद्देश्यले सहयोगस्वरूप सरकारलाई अक्सिजन प्लान्ट बनाएर दिन लागिएको उनले बताए ।

इप्पानले अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने ६५ लाख रुपैयाँ बराबरको सिलिन्डर सहितका स्वास्थ्य सामग्री चीनबाट मगाइसकेको छ । साथै, बढीमा १ करोड ३० लाख रुपैयाँसम्मको अक्सिजन प्लान्ट स्थापना गरिने उपाध्यक्ष डाँगीले जानकारी दिए ।

दैनिक ४० लिटरको ४० देखि ५० सिलिन्डर ओटा सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट बनाउने इप्पानको योजना छ । साथै, प्लान्टबाट पाइपमार्फत अस्पतालका बेडसम्म नै अक्सिजन पु¥याउन पाइपलाइन विस्तार गरिने भएको छ ।

‘पाइपमार्फत अस्पतालले बेडमा पनि अक्सिजन पुर्‍याउन सक्ने र सिलिन्डर पनि भर्न मिल्नेगरी अक्सिजन प्लान्ट स्थापना गर्नेछौं, अक्सिजन प्लान्ट बनाउन विभिन्न अस्पतालबाट आवेदन आएका छन्,’ उनले भने, ‘तीमध्ये जुन अस्पतालमा यसको आवश्यकता बढी छ, त्यसमै प्लान्ट बनाउनेछौं ।’ अहिले अक्सिजन प्लान्ट बनाउने प्राविधिक जनशक्ति जुटाउने काम पनि भइरहेको उनको भनाइ छ । अक्सिजन प्लान्ट कुन अस्पतालमा बनाउने भन्ने मामिलामा स्वास्थ्य मन्त्रालय र चिकित्सक संघसँग सहकार्य पनि भइरहेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)