ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा कागतीखेती प्रवर्द्धन

२०७८ जेठ, २०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतमा कागतीखेतीलाई व्यावसायिक बनाउने योजना सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत घोषणा गरेको छ । उक्त घोषणाले पर्वतका किसान उत्साहित भएका छन् । परम्परागत रूपमा मात्रै कागतीखेती गर्दै आएका किसान सरकारले बजेटमै पर्वतमा कागतीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेपछि उत्साहित भएका भएका हुन् ।

कागतीखेती विस्तारै व्यावसायिक बनिरहेका बेला सरकारले पर्वतलाई कागतीखेतीको पकेट क्षेत्र बनाउने घोषणा गरेपछि अब आफू परम्परागत बाली हुने खेतबारीमा कागती रोप्ने योजनामा रहेको फलेवासका किसान बलराम भुसालले बताए । पर्वतमा अमिलाजातका फलफूल अन्तर्गत सुन्तलाको व्यावसायिक खेती हुँदै आए पनि कागती, जुनार, निबुवा, भोगटे खेती व्यावसायिक बन्न सकेको छैन । कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लामा कुल १८० हेक्टर क्षेत्रफलमा कागतीका बिरुवा रोपिएको छ । खेती गरिएकोमध्ये १ सय हेक्टर क्षेत्रफलमा लगाइएको कागती खेतीबाट उत्पादन भइरहेको कुषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले जानकारी दिइन् । सुन्तला र कागतीखेती बहुवर्षीय फल भएकाले यसको उत्पादनका लागि समय लाग्ने गर्छ ।

सुन्तलाखेती हुने स्थानमा कागतीखेती गर्न सकिने कृषि ज्ञान केन्द्रले बताएको छ । समुद्री सतहबाट १०० देखि १४ सय मिटरको उचाइसम्म कागतीको उत्पादन हुँदै आए पनि राम्रो उत्पादनका लागि ६०० देखि १२ सय मिटरको उचाइ उपयुक्त मानिने ज्ञान केन्द्रकी प्रमुख थापाले जानकारी दिइन् । जिल्लामा कागतीखेतीका लागि जलजला, मोदी, महाशिला, पैयूँ, फलेवास र कुश्माका उच्च भाग उपयुक्त रहेको कार्यालयले बताएको छ । बिरुवा लगाएको सामान्यतया ३ देखि ४ वर्षमा यसले उत्पादन दिन्छ । कागतीको व्यावसायिक खेतीका लागि गुणस्तरीय बिरुवा उत्पादन तथा बिरुवा लगाएपछि सिँचाइको व्यवस्थापन हुनुपर्ने प्राविधिकहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)