ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि भीमदत्त नगरपालिकाद्वारा १ करोड प्रदान

२०७८ जेठ, ३१  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar मदन गिरी

जेठ ३१, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुन: सञ्चालन तथा स्तरोन्नतिका लागि नेपाल नागरिक  उड्डयन प्राधिकरणको खातामा एक करोड रुपयाँ जम्मा गरेको छ । 

त्रिपक्षीय साझेदारी अनुसार नेपाल नागरिक  उड्डयन प्राधिकरणको खातामा एक करोड रुपयाँ जम्मा गरिएको नगरपालिकाले जानकारी दिएको छ । 

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले सम्झौता अुनसार नगपालिकाको तर्फबाट व्यहोर्नु पर्ने रकम मध्ये एक करोड रुपयाँ प्राधिकरणको खातामा जम्मा गरिएको बताए । उनका अनुसार बाँकी रकम असोजसम्ममा जम्मा गरिने छ । 

विमानस्थल सञ्चालनका लागि संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा साझेदारी गर्ने सम्झौता भएको थियो । गत फागुनमा संघिय सरकारको नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिका बिच विमानस्थल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

९ बुँदे सम्झौता पत्रमा विमानस्थल निर्माणका लागि संघिय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भिमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधराचाँदनी नगरपालिकाले १० प्रतिशत सञ्चालन लागत व्यहोर्नु पर्ने उल्लेख गरिएको छ ।

४ दशकअघि निर्माण भएर पनि चरन र खेल मैदानमा सीमित रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल ३७ करोडको लागतमा मझगाउँको धावनमार्ग कालोपत्र गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तहले हातेमालो गरेका हुन् ।

सम्झौता अनुसार विमानस्थलको धावन मार्ग १ हजार ६०० मिटर लामो हुनेछ जसबाट साना विमान उडान वा अवतरण गर्न सकिने छ । 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विमानस्थल पुनः सञ्चालनका लागि नगरपालिकाको तर्फबाट कुनै कसर बाँकी नराखिने बताए । उनले यस क्षेत्रको आर्थिक विकास र समृद्धीसँग जोडिएको मझगाउँ विमानस्थल सञ्चालनका लागि नगरपालिकाले बहन गर्नुपर्ने दायित्वबाटपछि नहट्ने स्पष्ट पारे  । 

साथै, उनले संघिय र प्रदेश सरकारलाई सम्झौता अनुसार विमानस्थलको निर्माण प्रक्रिया अगाडी बढाउन समेत आग्रह गरे । विमानस्थल सञ्चालनका लागि नगरपालिकाले रकम जम्मा गरेपछि मझगाउँ विमानस्थल सञ्चालनमा हुनेमा स्थानीय आशावादी देखिएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)