ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अव बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यालयबाट बैंकिङ सेवा सुचारु गर्न पाउने

२०७८ जेठ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

जेठ ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका आवश्यक शाखा कार्यालयहरु खोल्न सहजता प्रदान गरेको छ । 

यसअघि निषेधाज्ञाभर सीमित शाखा कार्यालयबाट मात्र बैकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर केन्द्रीय बैंकले सोमवार एक सूचना जारी गर्दै सेवा सञ्चालनसम्बन्धि यसअघिका सूचना खारेज  भएको र असार १ गतेदेखि सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसारको कार्यालय सञ्चालनमा ल्याउन भनेको हो । 

यसरी सीमित शाखाबाट कार्यालय सञ्चालन हुँदा ग्राहकको भिड बढेकाले संक्रमणको जोखिम बढि हुने हुँदा आवश्यक कार्यालय सञ्चालन गर्न अनुमति दिएको राष्ट्र बैंकले बताएको छ ।

यसअघि केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई काठमाडौं जिल्लामा तीन ओटा, ललितपुर जिल्लामा दुई ओटा र भक्तपूर जिल्लामा एउटा शाखा आलोपालो गरी सञ्चालन गर्र्न निर्देशन दिएको थियो ।

यस्तै केन्द्रीय बैंकले विकास बैंकहरुलाई काठमाडौं जिलामा दुई ओटा मात्रै, ललितपूरमा र भक्तापूरमा १–१ ओटा मात्रै कार्यालय खोल्न निर्देशन दिएको थियो । यस्तै वित्त कम्पनीहरुलाई काठमाडौं, ललितपूर र भक्तपूरमा १–१ ओटा मात्रै कार्यालय पालैपालो गरेर सञ्चालन गर्न निर्देशन दिइएको थियो । 

केन्द्रीय बैंकले अब भने सबैखाले बैंक तथा वित्तीय संस्थाहरुलाई यो व्यवस्था खारेज गरी असारदेखि आवश्यकता अनुसारको कार्यालय सञ्चालन गर्न भनेको छ ।केन्द्रीय बैंकका अनुसार  शाखा कार्यालय सञ्चालन गर्न पाउने भनिए पनि बैंकहरुले भने स्थानिय प्रशासनसँग समन्यव गर्नुपर्ने छ । बैंकले ग्राहकको चापलाई हेरेर शाखा कार्यालय खोल्ने र सकेसम्म न्यूनतम कर्मचारीबाट सेवा सञ्चालनमा ल्याउनु पर्ने छ ।

साथै वैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्दा बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्जालमा समेत सेवा सम्बन्धि सोधपुछको लागि सम्पर्क व्यक्तिको नम्बर लगायतका सूचना दैनिक प्रकाशन गर्न  यसअघि नै निर्देशन दिइएको थियो । 

यस्तै बैंकहरुको केन्द्रीय कार्यलयमा भने एक तिहाइ कर्मचारी मात्र उपस्थित गराइ बैंकिङ सेवा सुचारु गर्नु पर्ने छ । यसरी सुचारु गर्दा कर्मचारी र सेवाग्राहीमा संक्रमण जोखिम कम गर्न आवश्यक उपाय अपनाउन पनि भनिएको छ । 

 यस्तै निर्देशनमा बैंकहरुले सकेसम्म प्रविधिको प्रयोग, भर्चुअल कार्यसम्पादन र वर्कफर्म होममा केन्द्रित हुन पनि भनिएको छ । यससँगै विद्युतीय बैंकिङ कारोबारलाई प्रोत्साहन  गर्न भनिएको छ । संस्थाका अधिकांश कार्य सम्पादन विद्युतीय माध्यमबाट गर्नुपर्ने भएकाले यसबाट उत्पन्न हुनसक्ने जोखिम तथा दुरुपयोगप्रति चनाखो हुन समेत भनिएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)