ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा १० प्रतिशत धान रोपाई सम्पन्न

२०७८ असार, ९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

असार ९ पर्वत । पर्वतमा कोरोना कहरकैबीच हालसम्म १० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । किसानहरु कोरोनाका कारण घरभित्रै बस्नुपर्दा जिल्लामा रोपाई धमाधम हुन नसकेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

अघिल्लो वर्ष पनि कोरोनाकै कारण रोपाई प्रभावित भएको थियो । पछिल्लो हप्ता कोरोना संक्रमित घट्न थालेपछि किसानहरु धान रोपाईमा व्यस्त बन्न थालेका छन् ।

समथर र उच्च पहाडी स्थानमा रोपाई शुरु भएको छैन । धेरैजसो स्थानमा मकै थन्क्याएर धान रोप्ने चलन रहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले मकै नलगाएको खेतमा मात्रै रोपाई भइरहेको बताइन् । उनले कोरोनाको कहर कम हुँदै गएपछि किसानहरु खेतबारीको काममा निस्किन थालेको जानकारी दिइन् । 

ज्ञान केन्द्रका अनुसार जिल्लाको मोदी, जलजला, पैयुँ र फलेवासका खोला किनारका खेतमा धान रोपिएको छ । आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने स्थानमा पनि यसपाली वर्षा अनुकुल हुने पूर्वानुमान रहेकाले किसानहरु सहजै धान रोपाई गर्न पाईने अपेक्षामा छन् । 

पर्वतमा २८ हजार हेक्टरभन्दा बढि खेतीयोग्य जमिन रहेकोमा करीब ९ हजार २१ हेक्टरमा धान रोप्ने गरिएको छ । पर्वतमा गुडुरा, मार्सी, खुमलटार, पहेँले, जेर्नेली, अनदी, जेठोबुढो, एक्ले लगायतका धानका जात लगाउने गरिन्छ । पछिल्लो समय किसानहरुले उन्नत जातका धान समेत लगाउँदै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)