ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोधारा चाँदनीको बजेट ६२ करोड

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

२०७८ असार, १०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

असार १०, महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले बुधवार पाँचौं नगरसभा सम्पन्न गरेको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । 

नगरपालिकाले आगामी आवका लागि ६२ करोड १५ लाख १३ हजार रुपैयाँको बजेट ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले जानकारी दिए । बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

नगरपालिकाका सूचना अधिकारी डम्बरध्वज अवस्थीले आगामी आवका लागि चालूतर्फ २४ करोड ३४ लाख ६५ हजार र पूँजीगततर्फ ३७ करोड ८० लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार नगरपालिकाले स्वास्थ्य क्षेत्रमा २ करोड ३० लाख बजेट विनियोजन गरेको छ । 

त्यस्तै शिक्षाक्षेत्रमा १ करोड ४० लाख र कृषि तथा पशुपालनतर्फ ६१ लाख बजेट विनियोजन गरिएको छ । आगामी आवमा नयाँ योजनाभन्दा यसअघि सञ्चालनमा रहेका योजनालाई नगरपालिकाले निरन्तरता दिएको छ । ३ करोड १४ लाख रुपैयाँ आन्तरिक आयस्रोत रहेको यस नगरपालिकाले अन्य बजेट प्रदेश र संघीय सरकारबाट प्राप्त गर्नेछ ।

नगरपालिकाले छोरी जम्माउने दम्पतीलाई प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले नगरक्षेत्रमा जन्मिएकी छोरीको बैंक खाता खोलेर ३ हजार रुपैयाँ जम्मा गरिदिने योजना ल्याएको नगर उपप्रमुख चिनी गिरीले जानकारी दिइन् । त्यस्तै भानु माविमा उच्च शिक्षा पढ्ने  तथा प्राविधिक शिक्षा पढ्ने छात्रालाई पनि छात्रवृत्ति दिन बजेट विनियोजन गरिएको उनले बताइन् ।

नगरपालिकाले हिंसा पीडित महिला र दशनामी तथा संन्यासी समुदायका लागि सामुदायिक भवन बनाउन बजेट विनियोजन गरेको छ । साथै नगर अतिथि गृह र भ्यू टावरका लागि समेत बजेटको व्यवस्था गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)