ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्धजलाशय आयोजनामा क्यु ४० को प्रावधान हट्यो

२०७८ असार, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अर्धजलाशय (पीआरओआर) जलविद्युत् आयोजनाको उत्पादन क्षमता अर्थात् क्यू ४० प्रावधान हटाएको छ । प्राधिकरणको यसै हप्ता बसेको सञ्चालक समितिको बैठकले पीआरओआर आयोजनाको हकमा मात्र यस्तो निर्णय गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पीआरओआर आयोजनाको हकमा मात्र क्यू –४० को प्रावधान हटेको बताए । ‘यो प्रावधान त्यति वैज्ञानिक देखिएन । पीआरओआर प्राजेक्टका हकमा यो व्यवस्था हटाएका हौं,’ उनले भने, ‘अब त्यस्ता आयोजनाले अर्को प्रावधान अर्थात् वर्षात्मा जडितक्षमताको ७० प्रतिशत र हिउँदमा ३० प्रतिशतसम्म विद्युत् उत्पादन गरे पुग्ने छ ।’ नदी प्रवाहमा आधारित (आरओरआर) जलविद्युत् आयोजनाको हकमा उक्त व्यवस्था कायमै रहेको प्राधिकरणको भनाइ छ ।

त्यस्ता आयोजनामा क्यू–४० प्रावधानसँगै वर्षातमा जडित क्षमताको ७० प्रतिशत र हिउँदमा ३० प्रतिशतसम्म विद्युत् उत्पादन गर्नुपर्ने गरी दोहोरो प्रावधान रहेको थियो । साथै,  निजीक्षेत्रले पनि उक्त व्यवस्था हटाउन माग गर्दै आएका थिए । ‘समग्रमा क्यू–४० को आवश्यक नदेखिएपछि उक्त व्यवस्था हटाएका हौं ।

अब हिउँदमा ३० प्रतिशत र वर्षात्मा ७० प्रतिशत विद्युत् उत्पादन गर्ने गरी अर्काे व्यवस्था तोकिएको छ,’ उनले भने, ‘सोहीअनुसार नै त्यस्ता आयोजना सञ्चालन हुनेछन्,’ शाक्यले भने ।

अब अर्थ जलाशय आयोजनाको अध्ययन पनि खुल्ला रूपमा गर्न सकिने उनको भनाइ छ । जलस्रोतको अधिकतम उपयोग गर्ने गरी आयोजनाको अध्ययन गर्न सकिने शाक्यले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)