ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वार्षिक रू. २५ अर्बको निर्यात सम्भव

२०७८ असार, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतले नेपालबाट हुने पाम आयलको पैठारी ६ महीनाका लागि खुला गरेको छ । तर, नेपाली उद्योगहरूले भारत निकासी गर्न कम्तीमा १५ दिनको समय लाग्ने बताएका छन् । पाम निर्यातले व्यापारघाटा कम गर्न सहयोग मिल्ने उनीहरूको भनाइ छ ।

गतवर्ष स्टकमा रहेकाहरूले तत्काल पठाए पनि स्टक नभएका उद्योगले मलेशिया र इन्डोनेशियाबाट क्रुड पाम आयात गरी प्रशोधन गरेर भारत पठाउने र त्यसका लागि १५ दिन समय लाग्ने कावराले खुलाए । उनका अनुसार पामको निकासी खुला भएपछि यसले उद्योगीहरूमा नयाँ सञ्चार गएको छ भने व्यापारघाटा कम गराउन वार्षिक रू. २५ अर्बको योगदान दिनेछ ।

नेपालबाट वार्षिक २५ अर्ब रुपैयाँ बराबरको प्रशोधित पाम आयल निकासी हुँदै आएको थियो । विराटनगर नाकाबाट मात्रै गतवर्षको १० महीनामा रू. ६ अर्ब ७५ करोडको पाम आयल निकासी भएको थियो ।

पामको निकासी बन्द हुँदा नेपालका उद्योगहरूमा ५ अर्ब रुपैयाँ बराबरको पाम आयल स्टक रहेको थियो । १७ उद्योगमा ६० हजार टन पाम स्टाकमा रहेको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष तथा राम रिफाइनका सञ्चालक प्रदीप मुुरारकाले बताए । स्थानीय बजारमा पठाएर बाँकी रहेको पाम अहिले पनि कतिपय उद्योगहरूमा स्टकमा रहेको उनले बताए । बिस्कुट र चाउचाउ उद्योगहरूले पाम आयलको बढी खपत गर्छन् ।

गतवर्षको १० महीनामा ६ अर्ब ७५ करोड ८४ लाख ५६ हजार बराबरको ६४ हजार १ सय २१ मेट्रिक टन तयारी पाम आयल भारत निकासी भएको थियो । यस अवधिमा क्रुड पामको आयात र तयारी तेलको निर्यातबाट विराटनगर भन्सार कार्यालयले ६० करोड ९१ लाख १५ हजारको राजस्व संकलन गरेको थियो ।

यसअघि गत २०७७ पुस २२ गतेबाट ४४ दिन तयारी पाम आयलको निकासी रोकीएको थियो । फागुन ९ गतेबाट विराटनगर भन्सारबाट पुनः निकासी शुरू भएको थियो । फागुनदेखि वैशाखसम्मको ३ महीनाको अवधिमा १ अर्ब २२ करोड मूल्य बराबरको क्रुड पाम आयल आयात भएको थियो भने १ अर्ब ४३ करोड ७७ लाख बराबरको तयारी पाम आयलको निकासी भएको थियो । ३ महीनामा १४ करोड १९ लाख बराबरको राजस्व संकलन भएको थियो ।

प्रदेश १ बाट केएल दुगड समूहले स्वस्तिक आयल इन्डस्ट्रिज, मुन्दडा ग्रूपको बाबा भेजिटेबल, मुरारका समूहको श्रीराम रिफाइनरी, घनश्याम कावराको क्वालिटी रिफाइनरी र शारडा राठी समूहको पशुपति खाद्यतेल उद्योगले पाम तेलको निकासी गरिरहेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)