ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नगरपालिकाको सहयोगले फेरियो सशस्त्र प्रहरीको चुहिने छानो

२०७८ असार, २१  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

असार २१, महेन्द्रनगर । भीमदत्त नगरपालिका गड्डाचौकी स्थित बोर्डर आउट पोष्ट (बिओपी) को छाना वर्षातको समयमा अलि ठूलो पानी पर्दा छानो चुहिन्थ्यो । सशस्त्र प्रहरीलाई व्यारेकमै ओभानो ओतको समस्या हुन्थ्यो । बिओपीको भवनहरु पुराना हुँदै गएपछि छानो चुहिने र जिर्ण अवस्थामा थियो । 

भीमदत्त नगरपालिकाले गत वर्ष सशस्त्र प्रहरीको गड्डाचौकी बिओपीलाई जस्तापाता खरीदका गर्न ५ लाख रुपयाँ सहयोग गर्‍यो ।

नगरपालिकाको सहयोग पाएपछि अहिले बिओपीका जिर्ण बनेर चुहिने थालेका भवनहरुको छाना फेरिएको छ । कञ्चनपुर सशस्त्र प्रहरी बलका प्रमुख एसपी बिरेन्द्र ऐरले नगरपालिको सहयोग पाएपछि आफूहरु ठूलो राहत मिलेको बताए ।

सोमवार सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पुर्णा जोशीसहितको टोलीले गड्डाचौकी विओपीको स्थलगत अनुगमनका क्रममा पुग्दा एसपी जोशीले भीमदत्त नगरपालिबाट महत्वपूर्ण सहयोग प्राप्त गरेको बताए ।

‘भीमदत्त नगरपालिकाबाट बिओपीको पुर्वाधार सुधार र निर्माणका लागि आवश्यक सहयोग पाएका छौ ।’ उनले भने ‘जिल्लाका अन्य स्थानीय तहलाई पनि सहयोगका लागि आग्रह गरेको भएपनि सहयोग मिलेन ।’ नगरपालिकाबाट अन्य बिओपीको व्यवस्थापनका लागि पनि सहयोग मिलेको उनको भनाइ छ । 

नगरपालिकाले बह्मदेव बिओपीको शौचालय निर्माण, श्रीलंका टोलस्थित बिओपीका लागि जग्गा प्राप्तिमा सहजीकरण गरेको छ । भने कोरोना संक्रमणकालको अवस्थामा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले विभिन्न संघ सस्थालाई आवश्यकता अनुसार सहयोग गरेको बताए । उनले जनताको सेवामा समर्पीत संघ संस्थाहरुलाई सेवा प्रवाहमा सहजता दिलाउन नगरपालिकाले सहयोग गरेको बताए । अग्र पंत्तिमा रहेर जनताको सेवामा खटीने सुरक्षाकर्मीलाई नगरपालिकाले आवश्यक सक्दो सहयोग गरेको उनको भनाइ छ । 

‘सुरक्षाकर्मीको परिचालन, व्यवस्थान संघिय सरकार अन्तर्गत भएपनि हामीले उहाँहरुको मनोबल बढाउन र सेवामा सहताका लागि सक्दो सहयोग गरेका हौँ ।’ नगर प्रमुख विष्टले भने ‘देशको समृद्धीका लागि सबै तहका सरकारबिच सहकार्य हुनु जरुरी छ, यसमा सबैले आ–आफ्नोतर्फबाट जिम्मेवार बन्नुपर्छ ।’ 

त्यस्तै भीमदत्त नगरपालिकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, वडा प्रहरी, ट्राफिक प्रहरी, जिल्ला कारागार कार्यालय लगायतका अन्य सामाजिक संघ सस्थाहरुलाई पनि आर्थिक सहयोग गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)