ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन

२०७८ असार, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा समितिले कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरूमा उधारोमा समेत बीमा पोलिसी विक्री गर्ने प्रवृत्ति बढेपछि समितिले हालै यस्तो निर्देशन जारी गरेको हो ।

समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको नाममा निर्देशन जारी गरेर यस्तो निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई नै यस विषयमा बढी चनाखो हुन भनिएको उनको भनाइ छ ।

‘निरीक्षणको क्रममा जीवन तथा निर्जीवन दुवै कम्पनीले उधारोमा बीमा पोलिसी विक्री गरेको पाइयो, जुन बीमा ऐनकै विपरीत हो,’ उनले भने, ‘हामीले २ महीनाअघि पनि कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न आन्तरिक रूपमा परिपत्र जारी गरेका थियांै । तर, यो प्रवृत्ति नरोकिएपछि अहिले कम्पनीका सीईओहरूलाई यस विषयमा चनाखो हुनु भन्दै निर्देशन नै जारी गरेका हौं ।’

विशेषगरी असार महीनामा बढी मात्रामा उधारोमा बीमा पोलिसी विक्री हुने गर्छ । आर्थिक वर्षको अन्तिम महीना भएकाले लक्ष्य पूरा गर्न असार महीनामा उधारोमा बीमा पोलिसी गर्ने गरेको पाइन्छ । त्यही कारणले यस विषयमा बीमा कम्पनीहरूलाई थप निर्देशन दिइएको अध्यक्ष सिलवालको भनाइ छ ।

बीमा ऐनअअनुसार कुनै पनि कम्पनीले बीमाशुल्क प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुँदैन । कम्पनीले बीमाशुल्क प्राप्त गरेपछि मात्र बीमा गरेको मानिनेछ । तर, कम्पनीहरूले ऐनविपरीत उधारोमा बीमा पोलिसी विक्री गरेको समितिको विभिन्न निरीक्षण तथा अनुगमनले देखाएको थियो ।

बीमा ऐनले रोके पनि उधारो बीमा गर्ने र चेक नसाटिँदै बीमालेख जारी गर्नेजस्ता गतिविधिहरू बीमा कम्पनीहरूबाट भएको समितिको दाबी छ । बीमा समितिमा यससम्बन्धी उजुरी पनि आएको बताइएको छ । त्यसपछि समितिले यस विषयमा थप कदम उठाएको हो ।

अब यस्ता विषयमा कम्पनीहरूका सीईओ नै बढी जिम्मेवारी हुनुपर्ने समितिको निर्देशन छ । साथै, अबका दिनमा बीमाशुल्क बापतको पैसा प्राप्त भएपछि, चेकको रकम बैंक खातामा प्राप्त भएपछि मात्र कम्पनीहरूले बीमा पोलिसी जारी गर्नुपर्ने समितिको निर्देशन रहेको छ । साथै, अबका दिनमा उधारोमा बीमा पोलिसी जारी गरेको पाइएमा कानूनअनुसार कारबाही गरिने समितिको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)