ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीको दुर्गम गाउँ मुदीमा बिजुली

२०७८ असार, २३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । वर्षौंदेखि टुकीको मधुरो उज्यालोमा जीवन बिताउन बाध्य पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा बिजुली बत्ती पुगेको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा विद्युत् विस्तार गरेको हो ।

प्राधिकरण म्याग्दी विद्युत् वितरण केन्द्रका सूचना अधिकारी रवीन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका २ सय घरमा विद्युतीकरण भएको छ ।

यसअघि सोही वडाको खाम्ला, खारा र बाँसबोट लगायत गाउँका ६५ घरमा बिजुली पुगिसकेको उनले बताए । केन्द्रीय विद्युत् लाइन वितरणका लागि मुदी र खाम्लामा एक/एक सय केभीए क्षमताका दुइओटा ट्रान्सफर्मर राखिएका छन् । धवलागिरिको ताकम, मच्छिम, फलियागाउँ, मुना र दर हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । मुदीमा सडक विस्तार नहुँदै धवलागिरि गाउँपालिकाले २०७६ सालमा हेलिकोप्टरबाट दुईओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो ।

बिजुली बलेसँगै उज्यालोका लागि सोलार र मट्टीतेलको टुकी बत्तीमा निर्भर हुनुपर्ने बाध्यता हटेको स्थानीय टेकबहादुर घर्तीले बताए । विद्युत् विस्तारले घरायसी काम, विद्यार्थीलाई अध्ययनमा सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालनको अवसर सृजना हुने उनको भनाइ छ ।

धवलागिरि गाउँपालिकाको ‘उज्यालो पालिका’ कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । उनका अनुसार मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । पालिकाका सबै घरमा केन्द्रीय प्रसारण लाइन, लघु जलविद्युत् र सौर्य ऊर्जामध्ये एक माध्यमबाट विद्युत् सुविधा पु¥याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष पुनको भनाइ छ । उज्यालो पालिका कार्यक्रम अन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)