ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिरोले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

२०७८ असार, २४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक बुधवार बिहानैदेखि अवरुद्ध भएका छन् । मंगलवार रातिको ठूलो वर्षाका कारण म्याग्दी र मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । त्यसैगरी पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको छ । पहिरोले उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ चमेरे, रघुगंगा–१ बेगखोला र अन्नपूर्ण–३ दानामा बेनी–जोमसोम–कोरला सडक खण्डमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ ।

सडक माथिबाट खसेको लेदो, ढुंगामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।

उता, पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागलुङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । सडक माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४ घुमाउनेभीर तथा मालिका–६ दरबाङको बांगे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ । सडक खुलाउने प्रयास भइरहे पनि  लेदो बगिरहेकाले समस्या भएको प्रहरीले बताएको छ ।

मंगलवार राति म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा आएको बाढीले घर बगाउँदा दुईजनाको ज्यान गएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)