ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धार्मिक पर्यटन प्रवर्द्धनका लागि मोतीचौरमा १०८ धारा निर्माण

२०७८ असार, २४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । धार्मिक पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना मोतीचौरमा १०८ धारा निर्माण गरिएको छ । समुद्री सतहबाट २२ सय मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीय स्थल मोतीचौरमा २० लाख लागतमा १०८ धारा निर्माण गरिएको हो ।

धारा निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले चालू आवको बजेटबाट ८ लाख, देश तथा विदेशमा रहेका दानावासीबाट प्राप्त ११ लाख र ३ लाख रुपैयाँ बराबरको स्थानीयको श्रमदानमा धारा निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर थापाले बताए ।

मोतीचौरमा सिद्घ र वराहका मन्दिर रहेका छन्, जहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने मोतीचौर वराहका संरक्षक टेकबहादुर थापाले बताए ।

भारतको राजस्थानबाट ढुंगा र गाईमुखी ल्याएर धारा बनाइएको छ । गाउँको शिरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र मोतीचौरमा धारा निर्माणका लागि बेलायत लगायत मुलुकमा रहेका दानावासीबाट उल्लेख्य आर्थिक सहयोग जुटेको आर्थिक संकलन अभियानकर्ता ले. बेलबहादुर पुर्जाले बताए । हिउँदमा पनि नसुक्ने १०८ ओटा मूलहरूबाट पानी ल्याइएकाले पनि यो धाराको विशेष महŒव रहेको उनको भनाइ छ ।

मोतीचौरको धार्मिक पर्यटन प्रवद्र्धनका लागि दाना, घट्टेखोला, डाँडागाउँबाट कुलीबाङ हुँदै द्वारी मोतीचौर पुग्ने सडक निर्माण समेत शुरू गरिएको छ । उक्त सडकको कामलाई निरन्तरता दिन आगामी आर्थिक वर्षमा पनि वडाबाट १५ लाख बजेट विनियोजन गरिएको अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष नरसिङ पुनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)