ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीका कारण क्षतिग्रस्त सम्पत्तिबापत करीब रू. २ अर्बको बीमा दाबी

२०७८ असार, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब रू. २ अर्ब बराबरको बीमा दाबी परेको छ । असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा रू. २ अर्ब ९२ करोड ३ लाख बराबरको ३३१ ओटा बीमा दाबी माग भएको हो । बीमा समितिबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । बाढीका कारण सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनीयरिङ लगायतका बीमामा दाबी परेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

नेपालमा हाल २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यो वर्ष बाढीको वितण्डाका कारण क्षति पुगेपछि त्यस बराबरको दाबी परेको समितिको भनाइ छ । प्राप्त दाबीमा क्षति मूल्यांकन तथा आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गरिने बताइएको छ । बाढीका कारण भवन, सवारीसाधन, कृषि, जलविद्युत् आयोजना, अन्य परियोजना, निर्माणाधीन आयोजनालगायत क्षेत्रमा भौतिक संरचना क्षतिग्रस्त भएका थिए । त्यसमध्ये बीमा भएका क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी माग भएको समितिको भनाइ छ । बाढीबाट भएको भौतिक क्षतिबापत थप दाबी आउन सक्ने समितिले बताएको छ ।

सम्बद्ध व्यक्ति तथा कम्पनीबाट क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी पेश नभएको पनि हुन सक्छ । साथै, नेपालमा बाढी पहिलो आउने क्रम अझै पनि जारी छ । त्यसअनुसार अझै पनि यस्तो बीमा दाबी पर्न सक्ने समितिको भनाइ छ ।

यसरी परेको कुल बीमा दाबीमध्ये सबैभन्दा बढी इन्जिनीयरिङ बीमामा परेको छ । इन्जिनीयरिङतर्फ कुल रू. १ अर्ब १२ करोड १४ लाख ७३ हजारको दाबी परेको छ ।

त्यसमध्ये बाढीका कारण क्षति ग्रस्त भएका १०७ ओटा निर्माणाधीन आयोजनाबाट रू. ९० करोड ७ लाख ३४ हजारको बीमा दाबी परेको छ । निर्माण सम्पन्न भएका ८ ओटा आयोजनाबाट रू. ११ करोड ७० लाखको दाबी परेको छ ।

यसैगरि आयोजनामा प्रयोग गरिने १८ हेवी इक्वीपमेन्टबाट थप रू. ८ करोड ८४ लाख ३६ दाबी परेको छ । समितिका अनुसार इन्जिनीयरिङमा रू. १ करोड ५३ लाख ३ हजार बराबरको अन्य ६ ओटा दाबी परेको छ ।

इन्जिनीयरिङ बीमापछि घर तथा व्यावसायिक भवन अर्थात् सम्पत्ति बीमामा बढी दाबी परेको छ । सम्पत्ति बीमामा रू. ६९ करोड ३६ लाख ४६ हजार बराबरको १४१ ओटा दाबी परेको तथ्यांकमा उल्लेख छ ।

दाबी पर्ने मामलामा मोटर बीमा तेस्रो स्थानमा रहेको छ । मोटर बीमामा रू. ४ करोड ७५ लाख ८७ हजारको ३३ ओटा दाबी परेको छ ।

पशुपक्षी बीमातर्पm रू. २ करोड ३८ लाख ५९ हजार बराबरको पाँचओटा दाबी परेको छ । कृषि बीमामा भने रू. १ करोड ६२ लाख ५१ हजार बराबरको ६ ओटा दाबी परेको छ । सामुद्रिक बीमामा पनि रू. १९ लाख ८१ हजार बराबरको पाँचओटा दाबी परेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)