ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्तको सहयोगले फेरियो सशस्त्र प्रहरीको चुहिने छानो

२०७८ असार, २५  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । बर्खाको समय ठूलो पानी पर्दा छानो चुहिन्थ्यो । सशस्त्र प्रहरीलाई ब्यारेकमै ओभानो ओतको समस्या हुन्थ्यो ।

सशस्त्र प्रहरीका अधिकांश बीओपीमा पूर्वाधार अवस्था अहिले पनि जीर्ण छ ।

स्थापनाकालदेखि पूर्वाधार अभावको सामना गर्दै आएको थियो, भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी बोर्डर आउट पोस्ट (बीओपी) ले ।

बीओपीका भवन पुराना हँदै गएपछि छानो चुहिने र जीर्णावस्थामा थिए । भीमदत्त नगरपालिकाले गत वर्ष सशस्त्र प्रहरीको गड्डाचौकी बीओपीलाई जस्तापाता खरिद गर्न ५ लाख रुपैयाँ सहयोग गर्‍यो ।

नगरपालिकाको सहयोगपछि अहिले बीओपीका जीर्ण बनेर चुहिने भवनको छाना फेरिएको छ  । कञ्चनपुरका सशस्त्र प्रहरी बल प्रमुख एसपी वीरेन्द्र ऐरले नगरपालिकाको सहयोग पाएपछि ठूलो राहत मिलेको बताए ।

सोमबार सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसहितको टोलीले गड्डाचौकी बीओपीको स्थलगत अनुगमनका क्रममा पुग्दा एसपी जोशीले नगरपालिकाबाट महत्वपुर्ण सहयोग प्राप्त गरेको उल्लेख गरे ।

‘भीमदत्त नगरपालिकाबाट बीओपीको पूर्वाधार सुधार र निर्माणका लागि आवश्यक सहयोग पाएका छौं,’ उनले भने, ‘जिल्लाका अन्य स्थानीय तहलाई  आग्रह गरिए पनि सहयोग मिलेन ।’

नगरपालिकाबाट अन्य बीओपीको व्यवस्थापनका लागि सहयोग मिलेको उनको भनाइ छ ।

नगरपालिकाले ब्रह्मदेव बीओपीको शौचालय निर्माण, श्रीलंका टोलस्थित बीओपीका लागि जग्गा प्राप्तिमा सहजीकरण गरेको छ ।

भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले पालिकाले विभिन्न संघ–संस्थालाई आवश्यकताअनुसार सहयोग गरेको जानकारी दिए । जनताको सेवामा समर्पित संघ– संस्थाको सेवा प्रवाह सहज बनाउन नगरपालिकाले सहयोग गरेको उनले बताए ।

‘सुरक्षाकर्मीको परिचालन, व्यवस्थापन संघीय सरकारअन्तर्गत भए पनि मनोबल बढाउन र सेवा सहज बनाउन सक्दो सहयोग गरेका हौं’, नगर प्रमुख विष्टले भने, ‘देशको समृद्धिका लागि सबै तहका सरकारबीच सहकार्य हुन जरुरी छ । यसमा सबैले आ–आफ्नो तर्फबाट जिम्मेवार बन्नुपर्छ ।’

भीमदत्त नगरपालिकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, वडा प्रहरी, ट्राफिक प्रहरी, जिल्ला कारागार कार्यालयलगायत अन्य सामाजिक संघ–संस्थालाई पनि आर्थिक सहयोग गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)