ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिरोले विद्यालय र सरकारी कार्यालय जोखिममा

२०७८ असार, २८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार आसपासमा अधिकांश ठाउँमा पहिरो जाँदा विद्यालय र सरकारी कार्यालय जोखिममा परेका छन् । अविरल वर्षाका कारण खसेको पहिरोले बजार क्षेत्रमा जोखिम बढेको छ । बेनीको न्यूरोडस्थित घतानचोकमा हिलसाइडबाट खसेको पहिरोले दुई घरमा क्षति पु¥याएको छ भने केही घर जोखिममा परेका छन् ।

यसैगरी बेनी सामुदायिक विद्यालय नजिक वराहपाखोबाट रूखसहित ठूलो पहिरो खसेको छ । पहिरोका कारण बेनी–अर्थुंगे सडक पूर्णरूपमा बन्द भएको छ । पाखो चर्किएकाले जतिबेला पनि पहिरो जान सक्ने खतरा बढेको छ  । पहिरोका कारण बेनी सामुदायिक विद्यालय र तीनओटा सरकारी कार्यालय जोखिममा परेका छन् । पहिरोकाले खानेपानी तथा सिँचाइ, वन डिभिजन कार्यालय र पशु तथा भेटेरिनरी कार्यालयको आवासगृह जोखिममा परेका हुन् ।

यसैगरी महारानीथान नजिक पनि माथि पाखोबाट ठूलो पहिरो खसेको छ । यहाँ खसेको पहिरोका कारण बेनी नगरपालिका–७ मंगलाघाट बजार जोखिममा परेको स्थानीय कृष्णबहादुर बानियाँले बताए ।

ठूल्ठूला ढुंगासहितको पहिरो खसेकाले बजार क्षेत्र जोखिममा परेको बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । बस्तीमाथिबाट ठूला ढुंगासहितको पहिरो खसेको उनले बताए ।

वर्षासँगै आएको पहिरोका कारण सडक जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । विभिन्न ठाउँमा खसेको पहिरोले बेनी–दरबाङ सडक र बेनी–जोमसोम सडक ठप्प भएका छन् । त्यसैगरी बेनी–बगरफाँट–भकिम्ली, बेनी–वरञ्जा, बेनी–अर्थुंगे–पुलाचौर, बेनी–घतान, बेनी–पाखापानी लगायत दर्जनौं सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ । पहिरो र बाढीले सडक भत्काएकाले यातायात ठप्प भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । सडक खुलाउन तीन दिनसम्म लाग्न सक्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)