ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइन शिक्षाका लागि बालबालिकालाई स्मार्टफोन सहयोग

२०७८ असार, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्टफोन सहयोग गरिएको छ । नेपाल बाल संगठन म्याग्दीद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई अनलाइन कक्षाका लागि स्मार्टफोन प्रदान गरिएको हो ।

कोरोनाको दोस्रो लहरसँगै भौतिक रूपमा विद्यालयमै उपस्थित भएर पढ्न नपाएका बालबालिकालाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले स्मार्टफोन उपलब्ध गराएपछि अनलाइन कक्षा सञ्चालनमा सहज भएको छ ।

हालै आयोजित कार्यक्रममा बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बालबालिकालाई सहयोग हस्तान्तरण गरेका थिए । बालबालिकाको अनलाइन कक्षा थप व्यवस्थित बनाउन स्मार्टफोनले सहज हुने उनको भनाइ छ ।

सबै विद्यार्थीलाई तत्काल ल्यापटप र कम्प्युटरको ब्यवस्थापन गर्न कठिनाइ भएपछि स्मार्टफोनबाटै कक्षा सञ्चालनको वातावरण बनाइएको नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बताए । ‘अनलाइन कक्षाको अवधिसम्म मात्रै विद्यार्थीको हातमा मोबाइल हुन्छ, अन्य समयमा मोबाइल प्रयोग गर्न दिँदैनौं, यो सहयोगले बालबालिकालाई पठनपाठनमा सहज हुनेछ,’ अध्यक्ष शाक्यले भने । स्मार्टफोन प्रतिसेट १५ हजार ५०० रुपैयाँ बराबरको रहेको बताइएको छ ।

बालगृहमा रहेका सबै १२ जना बालबालिकालाई स्मार्टफोन उपलब्ध गराइएको छ । बालगृहमा गुणस्तरीय इन्टरनेटको सुविधा रहेको छ । स्मार्टफोनको सुविधाले अनलाइन कक्षाका लागि विद्यार्थी समेत उत्साहित भएका छन् ।

बालगृहमा रहेका बालबालिकाको शैक्षिक क्षमता बढाउने अभ्यासका लागि थप योजना समेत बनाइएको छ । बालगृहमा अध्ययनरत बालबालिकालाई अनलाइन कक्षाबाहेक अतिरिक्त क्रियाकलापका लागि कार्ययोजना बनाइएको सचिव सन्दीप खत्रीले बताए । अनलाइन कक्षामार्फत पठनपाठनका लागि बिहान, दिउँसो र बेलुका कार्यतालिका लागू गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)