ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किए १०० कन्टेनर केराउ 

२०७८ सावन, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । प्रक्रियागत अन्योलका कारण तेस्रो मुलुकबाट आयात गरिएको १०० कन्टेनरभन्दा बढी केराउ वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किएको छ । आयातकर्ताले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट कोटा लिएर मगाएको केराउ बन्दरगाहमा रोकिएको हो । 

वाणिज्य विभागले आयातकर्तालाई लेखेको पत्रले भन्सार जाँचपास गर्ने/नगर्ने अन्योल भएको बन्दरगाह भन्सारले बताएको छ । आयातकर्ताले अमेरिका र क्यानडालगायत देशबाट भिœयाएको केराउ बन्दरगाह भन्सारले रोकेको छ । 

विभागले गत आर्थिक वर्ष २०७७/७८ का लागि केराउ, सुपारी, छोकडा र मरीच आयातको कोटा बाँडेको थियो । गत जेठ २४ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयातकर्तालाई सूचना गरेको थियो । 

सूचनामा कोटा पाएका आयातकर्ताले असार मसान्तभित्र सिपमेन्ट भइसकेको कागजात पेश गर्नुपर्ने भएको थियो । मसान्तभित्र सिपमेन्टको प्रमाण पेश नगरे कोटा स्वतः बदर हुने सूचनामा उल्लेख छ । 

विभागले सूचनाको बोधार्थ भन्सार विभागलाई समेत दिएको थियो । यही पत्रका आधारमा भन्सारले जाँचपास रोकेको हो । भन्सारका सूचना अधिकारी चूडामणि कट्टेलले सिपमेन्टबारेमा निश्चित नभएकाले जाँचपास गर्न नसकिएको बताए । 

जाँचपासका लागि आइतवार १०० ओटाजति कन्टेनरको कागजात पेश भएको कट्टेलले बताए । ती कन्टेनरको बन्दरगाहमा आइसके पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पत्रले अन्योल भएको उनको भनाइ छ ।

‘वाणिज्यले असार मसान्तभित्र सिपमेन्टको कागजपत्र पेश भएकाको भएमात्रै आयात गर्न पाइने भनेकाले सिपमेन्टबारेमा निश्चित नभएसम्म जाँचपास गर्न सकिएन,’ कट्टेलले अािर्थक अभियानसित भने । 

यसबारेमा भन्सार विभागलाई जानकारी गराइसकिएको र वाणिज्यमा पनि सोधिएकाले प्रक्रिया पुर्‍याएर चाँडै नै जाँचपास हुने कट्टेलको भनाइ छ । बन्दरगाह भन्सारका अधिकारीहरूले अन्य नाकामा सम्पर्क गरेर यसबारे जानकारी आदानप्रदान मागेका छन् । 

विराटनगर भन्सारमा कोटामा आएको सुपारी यस्तै प्रक्रियागत द्विविधाका कारण रोकिएको जानकारी पाएको पनि कट्टेलले बताए । सरकारले गत आर्थिक वर्षमा केराउको ८० हजार मेट्रिक टन कोटा दिएको थियो । 

कोटा वितरणमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिले चासो राखेपछि स्थगित भएको थियो । स्थगन हुनुअघि बाँडिएको कोटामा अहिले यस्ता वस्तुको आयात भइरहेको छ ।

वितरित कोटामध्ये आधाजति परिमाण आयात भइसकेको अनुमान आयातकर्ता ओमप्रकाश मोरको छ । आधाजति अझै आउन बाँकी रहेको उनले बताए । ‘असार ३१ मा मात्रै ४२७ कन्टेनर केराउ सिपमेन्ट भएको छ । बाटोमा अहिले पनि १५ सयजति कन्टेनर होलान्,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)