ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छैन सवारीसाधनको माग

२०७८ सावन, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । २ महीना लामो निषेधाज्ञापछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अटोमोबाइल व्यवसाय खोल्न दिने निर्णय गरे । निषेधाज्ञा खुकुलो भएपछि बजार चलायमान हुने अपेक्षा व्यवसायीको थियो । तर, बजार खुकुलो भएपछि पनि सवारीसाधनको विक्री ठप्पै जस्तो हुन पुगेको छ ।

व्यवसायीहरूका अनुसार शोरूममा सवारीसाधनका बारेमा बुझ्न आउने ग्राहक नै छैनन् । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नेपाल नाडा अटोमोबाइल व्यवसायी संघका सचिव तथा नारायणी अटो मोटर्सका सञ्चालक अनुपकुमार बरालले केही दिनयता सवारीसाधनबारे बुभ्mन आउनेको संख्या सामान्य देखिन थाले पनि बजार चलायमान हुन नसकेको बताए ।

‘केही दिनयता सामान्य बुझ्न आउनेको संख्या देखिन थालेको छ,’ उनले भने, ‘माग घटेको छ ।’ बन्दाबन्दी खुलेपछि अघिल्लो वर्ष साउनयता बढ्दै गएको सवारीसाधनको माग गतवर्ष माघमा उच्च रह्यो । भारतमा सवारीसाधनको उत्पादन नै कम हुँदा आयात गर्न कठिन भएकाले व्यवसायीहरूले मागअनुसार सवारीको आयात गर्न सकेनन् । त्यसैले गतवर्ष माघदेखि गत वैशाखको निषेधाज्ञा हुनुअघिसम्म व्यवसायीहरूले सवारीको अग्रिम बुकिङ थालेका थिए । तर, यसपालि निषेधाज्ञा खुकुलो हुँदै गए पनि सवारीसाधनको माग भने बढेको छैन ।

कोभिड–१९ को संक्रमण देखिनुपूर्वका वर्षमा असारदेखि असोजसम्मको समय अटोमोबाइल क्षेत्र चम्किने समय थियो । हरेक वर्ष दशैंको मुखमा नाडाले गर्ने अटो शोका कारण फागुनपछि नै नयाँ भेरियन्टका सवारी नेपाल भित्रिने क्रम बढ्ने गरेकोमा विगत डेढ वर्षयता अटोमोबाइल व्यवसायमा आकर्षण नदेखिएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलासबाबु गेलालले बताए ।

अघिल्लो वर्ष जत्तिको समेत बजार चलायमान हुन नसकेको उनको भनाइ छ । कम मूल्यका सवारीबारे सामान्य बुझ्न आउनेहरू भने देखिन थालेको जानकारी उनले दिए ।

दुईपांग्रे सवारीसाधनको माग अघिल्लो वर्ष दोब्बरले बढेको थियो । यस वर्ष भने दुईपांग्रे सवारीको माग पनि नरहेको हिरो मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता जनरल माकेर्टिङका सञ्चालक अभिक ज्योतिले बताए । ‘निषेधाज्ञा हुनुअघि वैशाखमा अन्य समयको भन्दा पनि धेरै माग थियो,’ उनले भने, ‘भर्खरै बजार खुकुलो भएकाले अहिले नै राम्रो/नराम्रो भन्न त सकिँदैन तर माग छैन ।’

नाडा अटो शो नहुने
अटोमोबाइलको कुम्भमेला मानिने नाडा अटो शो यस वर्ष पनि नहुने भएको छ । कोरोनाको संक्रमण नघटेको र सरकारले पर्याप्त खोपको व्यवस्था पनि गर्न नसकेकाले अटो शो नहुने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘संक्रमण घटेको छैन, तेस्रो लहर आउने चेतावनी पनि विज्ञले दिइरहेका छन्,’ उनले भने, ‘ग्राहक तथा व्यवसायीको स्वास्थ्य सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर अटो शो नगर्ने तयारी गरेका छौं ।’ सबैले खोप पाएर अवस्था सामान्य भएपछि दशैं÷तिहारपछि अटो शोबारे छलफल गर्ने उनले बताए ।

अहिलेको पदाधिकारीको कार्यकाल सकिएकाले भदौमा अधिवेशन गर्ने तयारी नाडाले गरेको छ । यस विषयमा नाडाका पदाधिकारीबीच छलफल भएकोमा केही दिनमा यसबारे निर्णय गर्ने अध्यक्ष दुलालले बताए । ‘केही दिनमा अधिवेशन तथा चुनावको निर्णयबारे आधिकारिक निर्णय गछौं,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)