ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा व्यवसाय : असारमा औसतभन्दा ३ गुणा बढी बीमाशुल्क संकलन

२०७८ सावन, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । जीवन बीमा कम्पनीहरूले असार महीनामा औसतभन्दा बढी अर्थात् कुल रू. १८ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।

असार महीनामा प्रथम बीमाशुल्क मात्रै रू. ६ अर्ब ९२ करोड संकलन भएको छ । बीमा समितिबाट प्राप्त गत आवको एक तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार असार महीनामा उच्च मात्रामा बीमाशुल्क संकलन भएको देखिन्छ । नेपाली बीमा बजारमा औसतमा मासिक ५/६ अर्बको हाराहारीमा बीमाशुल्क संकलन हुन्छ । तर, असारमा भने त्योभन्दा बढी अर्थात् झन्डै साढे १८ अर्ब बीमाशुल्क संकलन भएको छ ।

असार महीना आर्थिक वर्षको अन्तिम महीना भएकाले आर्थिक गतिविधि बढी हुने गर्छ । विभिन्न लक्ष्य पूरा गर्न अभिकर्ताहरूले यो समयमा बढी मेहनत गर्छन् । अधिकांश बीमालेखको नवीकरण गर्ने समय पनि यही बेला पर्छ । त्यही कारण यो महीनामा उच्च मात्रामा बीमाशुल्क संकलन भएको कम्पनीहरू बताउँछन् ।

कोरोनाको दोस्रो लहरका कारण जेठसम्म जीवन बीमा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, असारमा भने जीवन बीमा व्यवसाय उत्साहजनक भएको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार गत वैशाखसम्म मासिक ५/६ अर्ब रुपैयाँको हाराहारीमा बीमाशुल्क संकलन हुँदै आएको थियो । गत वैशाखमा रू. ५ अर्ब २० करोड बीमाशुल्क संकलन भएको थियो । तर, जेठमा बीमाशुल्क संकलन ३ अर्ब ३१ करोड रुपैयाँमा झरेको थियो । असारमा आएर बीमाशुल्क संकलन उच्च विन्दुमा पुगेको देखिन्छ ।

गत आवभर जीवन बीमा कम्पनीहरूको रू. १ खर्ब २० अर्ब ९५ करोड बीमाशुल्क संकलन गरेका छन् । यो अघिल्लो आव २०७६/७७ को भन्दा २८ दशमलव १५ प्रतिशतले बढी हो । आव २०७६/७७ मा १९ जीवन बीमा कम्पनीहरूले ९४ अर्ब ३८ करोड बीमाशुल्क संकलन गरेका थिए ।

बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । कम्पनीले रू. ३२ अर्ब ८४ करोड बीमाशुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा भने एलआईसी नेपाल रहेको छ । कम्पनीले १७ अर्ब १४ करोड रुपैयाँ बमिाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफले भने १२ अर्ब १६ करोड बीमाशुल्क संकलन गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गत आवमा जीवन बीमा व्यवसाय सन्तोषजनक रहेको बताए । ‘गत आवमा पनि कोरोनाको दोस्रो लहरले बीमा व्यवसाय प्रभावित भयो । त्यसैले गत आवमा उत्साहजनक बीमा व्यवसाय भएको देखिएन,’ उनले भने, ‘यस व्यवसायलाई सन्तोषजनक रूपमा नै लिनुपर्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)