ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी–जोमसोम सडकमा सीधा यातायात सञ्चालन

२०७८ सावन, ८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा दुई सातापछि सीधा यातायात सञ्चालन भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर लगायत स्थानमा पहिरोले अवरुद्ध बनेको सडक निर्माण कम्पनीहरू परिचालन गरी पहिरो पन्छाएर सुचारु गराइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

राहुघाटमा गत असार २४ गतेदेखि सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध बनाएपछि सीधा यातायात सञ्चालन हुन सकिरहेको थिएन् । रुप्से र काभ्रेभीरमा भने शनिवारदेखि सडक अवरुद्ध बनेको थियो ।

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिमा परिचालन भएका निर्माण कम्पनीलाई परिचालन गरी अवरुद्ध बनेको सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । ‘लामो समयसम्म सडक अवरुद्ध भएपछि सर्वसाधारण र बिरामीले सास्ती बेहोर्नुपर्‍यो, निर्माण कम्पनीलाई निरन्तर ताकेता गरेर पहिरो हटाउन लगाएका छौं, तर वर्षा हुनासाथ सडकखण्डमा पहिरो खस्ने समस्या छ,’ प्रहरी निरीक्षक गुरुङले भने ।

सीधा यातायात सञ्चालन नहुँदा म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा ठाउँ ठाउँमा सवारीसाधन परिवर्तन गरी आवतजावत गर्न बाध्य भएका थिए । गलेश्वरमा पहिरोले लामो समयसम्म सडक अवरुद्ध बनाउँदा समेत सम्बन्धित निर्माण कम्पनीले बेवास्ता गरेपछि प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा समेत लिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)