ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नदी दोहनमा प्रयोग भएका डोजर र ट्र्याक्टर नियन्त्रणमा

२०७८ सावन, १५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कालीगण्डकीबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन गर्ने डोजर र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । कालीगण्डकीको स्थलगत अनुगमन गर्ने क्रममा बुधवार म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको नदी किनारबाट एक्स्क्याभेटर र ट्र्याक्टर नियन्त्रणमा लिइएको हो ।

अनुगमनका क्रममा अवैध रूपमा नदी दोहनको काममा प्रयोग भएको एउटा एक्स्क्याभेटर र ध १ त ५८० नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

कालीगण्डकी नदी दोहन गरेको र अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएकाले एक्स्क्याभेटर र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महŒव भएकाले स्थानान्तरण गर्ने, रिजभ्र्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालग्रामको चोरी, निकासी तथा पर्यावरण प्रतिकूल हुनेगरी कार्य नगर्नू÷नगराउनू भनी सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश जारी भएको छ ।

यस्तो अवस्थामा आउँदा दिनमा निगरानी बढाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी, निकासी नियन्त्रण गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)