ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्तको जैविक मार्ग कालोपत्रको तयारी

२५ करोड बजेट विनियोजन

२०७८ सावन, २२  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निर्माण गरेको जैविक धार्मीक पर्यटन मार्ग केन्द्रीय योजनामा परेको छ । नगरपालिकाले उत्तरी क्षेत्रको विकासका लागि निर्माण गरेको धार्मिक पर्यटन मार्ग कालोपत्रका लागि संघीय सरकारले बजेट विनियोजन गरेको हो । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत जैविक मार्ग कालोपत्र गर्ने योजना अघि बढाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा एकै दिन १६५ ओटा सडकको शिलान्यास गरेका थिए, जसमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा जैविक मार्ग छनोटमा परेको हो । यसका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत जैविक मार्ग कालोपत्रको तयारी भइरहेको बताए । उनका अनुसार ९ किलोमिटर सडक कालोपत्र गर्न लागत इस्टिमेट तयार भइसकेको छ । ‘भीमदत्त नगरपालिकाको चक्रपथ अन्तर्गतको सडक खण्ड धार्मिक पर्यटन मार्ग कालोपत्रका लागि योजना छनोट भएको छ,’ सूचना अधिकारी जोशीले भने, ‘डीबीएसटी प्रविधिबाट कालोपत्र हुन्छ, त्यसका लागि आवश्यक पूर्वाधार र संरचना लागि प्राविधिक अध्ययन गरी इस्टिमेट तयार भइसकेको छ ।’

एक महीनाभित्रै विभागबाट योजना स्वीकृत भइसक्ने र भदौ पहिलो हप्तासम्ममा सडक कालोपत्रका लागि ठेक्का आह्वान गरिने उनको भनाइ छ । निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण आर्थिक वर्ष २०८०/८१ सालभित्र सक्ने लक्ष्य लिएको छ ।

भीमदत्त नगरपालिकाले नगर चक्रपथका लागि ७२ किलोमिटर लामो पर्यटन मार्गको योजना अघि बढाएको छ । धार्मिक पर्यटन मार्गलाई चुरेको फेद हुँदैैै वेदकोट–गोदावरी र कर्णालीसम्म पुर्‍याउने लक्ष्य लिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले जैविक मार्गलाई काली, कर्णाली र गोदावरी नामकरण गरी प्राथमिकताका साथ काम अघि बढाएको छ । अहिले उक्त मार्गको काम वेदकोट नगरपालिका क्षेत्रमा विस्तार भइरहेको छ । नगरपालिकाको वडा नं १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग स्तरोन्नतिको काम समेत गरिसकेको छ । सो कार्यका लागि मार्गमा ग्राभेल गर्ने, माटो भर्ने, पाइप कल्भर्ट राख्ने र रोलिङ गर्ने कार्य सम्पन्न भएको छ ।

चुरे फेदमा निर्माण गरिएको यो मार्गले नगरपालिकाका १, ३, ७, ८, ९ र १० नम्बर वडा तथा उत्तरी क्षेत्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एक आपसमा जोडेको छ भने सडक पूर्वाधारबाट वर्षौंदेखि वञ्चित स्थानीयलाई यातायातमा सहज भएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)