ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५५ प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने कामदार

२०७८ सावन, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ ।

अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत आवमा पनि निरन्तरता पाएको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनअनुसार गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका छन् ।

अघिल्लो आव २०७६/७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । आव २०७५/७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ । \
श्रम स्वीकृतिको नवीकरण गरेर र नयाँ श्रम स्वीकृति लिएर गत आवमा त्यो बराबर कामदार वैदेशिक रोजगारीमा गएका हुन् । गत आवमा ७२ हजार ८१ जना नयाँ कामदार (नयाँ श्रमस्वीकृत लिएका) वैदेशिक रोजागरीमा गएका छन् । अघिल्लो आवमा भने १ लाख ९० हजार ४५३ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका थिए ।

गत आवमा नेपालीहरू वैदेशिक रोजगारीको लागि ११६ देशमा गएको देखिन्छ । यूएई, जापान, रोमोनिया, मलेशिया, कतार, साउदी, बहराइन, दक्षिण कोरिया, साइप्रसलगायत मुलुकमा नेपाली कामदार गएका छन् ।

सबैभन्दा बढी कामदार कतारमा गएका छन् । गत आवमा कतारमा कुल ५४ हजार ९१५ जना कामदार गएका छन् । दोस्रो स्थानमा रहेको साउदी अरबमा भने ४६ हजार ९६० जना कामदार गएका छन् । यसैगरी यूएईमा ४० हजार ४७७ कामदार गएको विभागको तथ्यांकले देखाएको छ ।

सामान्य अवस्थामा नेपालबाट वार्षिक ४/५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, पछिल्लो दुई आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ≈वात्तै घटेको छ, यसको मुख्य कारण कोरोना महामारी रहेको विभागले बताएको छ ।

विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले मुख्यतः कोरोना महामारीकै कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको बताए । ‘विश्वव्यापी रूपमा पैmलिएको कोरोना भाइरस नियन्त्रण गर्न नेपालसहित विश्वका अधिकांश मुलुकमा बन्दाबन्दी लगाइयो ।

त्यसको असरले श्रमगन्तव्य मुलुकमा पनि आर्थिक संकट देखिने, रोजगारदाता कम्पनी बन्द हुने, कामदार कटौती गर्ने समस्या देखियो,’ उनले भने, ‘यी यस्ता कारणले वैदेशिक रोजगारीमा जाने कामदारको सख्या घट्न गएको हो ।’ यस्तै, बीचमा कामदारको माग समेत ≈वात्तै घटेको उनको भनाइ छ । महामारीलाई दृष्टिगत गर्दै सरकारले नै २०७६ फागुन २८ गते वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति दिन स्थगित गरेको थियो । २०७७ असार १४ गतेपछि मात्र सरकारले पुनः श्रमस्वीकृति दिन शुरू गरेको थियो । साथै, गत भदौ १७ गते नयाँ श्रमस्वीकृतिसमेत खुला गरेको थियो । त्यसयता मात्र वैदेशिक रोजगारीमा नेपाली जान थालेका हुन् ।

श्रमस्वीकृति दिन स्थगित गर्दा र २०७६ चैत १६ गतेदेखि लामो बन्दाबन्दी गर्दा आव २०७६÷७७ मा वैदेशिक रोजागरीमा जाने कामदारको संख्या घटेको थियो । गत आवको पहिलो महीनादेखि नै श्रमस्वीकृति दिन शुरू गरे पनि कोरोना महामारी सामान्य नहुँदा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उत्साहजनक नदेखिएको बताइएको छ । पछिल्लो समय वैदेशिक रोजागरीमा जाने कामदारको संख्या भने बढ्दो रहेको विभागको भनाइ छ । ‘पछिल्लो समय कामदारको माग पनि बढ्दै गएको छ । त्यसको प्रभाव पछिल्लो समय विदेशिने कामदारको सख्या बढ्दो छ,’ विभागका सूचना अधिकारी भट्टराईले भने, ‘तर, हवाई भाडा महँगो हँुदा र सहज रूपमा खोप नपाउँदा वैदेशिक रोजागरीमा जाने कामदारलाई समस्या भएको छ । यसमा सम्बद्ध निकायको ध्यान जान आवश्यक छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)