ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतसँग रेलवे सम्झौताको १७ वर्षपछि पहिलोपटक नेपाल आयो निजी कार्गो रेल

२०७८ भदौ, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

भदौ  ३०, वीरगञ्ज । भारतीय सरकारी कम्पनी कोंकर रेलवे निगमको एकाधिकार तोड्दै पहिलो पटक निजी कार्गो रेल नेपाल आएको छ।

बुधवार बिहान हिन्द टर्मिनल पारवहन कम्पनीको रेल हल्दिया बन्दरगाहबाट ९० ओटा कन्टेनरमा सामानसहित आएको हो । सन् २००४ मा नेपाल भारत बीच भएको रेल सम्झौताले कोंकरलाई एकाधिकार दिएकोमा निजी कम्पनीलाई ढुवानीका लागि बन्देज गरिएको थियो। तर गत असार २५ गते संशोधित रेलवे सम्झौता अनुसार निजी कम्पनीलाई पनि ढुवानी गर्न दिने व्यवस्था गरेपछि हिन्दले ढुवानी शुरू गरेको हो।

निजी कम्पनीले कार्गो ढुवानी शुरू गरेसँगै कोंकरको एकाधिकार तोडिएको र व्यवसायीले सस्तो लागतमा चाँडो सामान आयात गर्न सक्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

कम्पनीका महाप्रवन्धक अभिनव गुप्ताले सातामा एकपटक नेपालमा सामान ढुवानी गर्ने जानकारी दिए। उनका अनुसार अर्को रेल अबको एक सातामा आइपुग्ने छ भने कार्गोले दुई महीनामा नेपाली सामान पनि भारतीय बाटो हुँदै यूरोपसम्म सामान निर्यात गर्ने बताए ।

बिराटनगरमा पूर्वाधार बन्दै गरेकोमा भन्सारको एकीकृत जाँच चौकीसम्म रेलको लिक ल्याउने तयारी सरकारले गरेको छ। पूर्वाधार बने बिराटनगरमा पनि कार्गो ढुवानी सेवा शुरू गर्ने कम्पनीका महाप्रवन्धक गुप्ताले जानकारी दिए ।

यो पनि हेर्नुस् :

रेलवे ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)