ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सकसमा पोखराको प्याराग्लाइडिङ : प्रविधि प्रयोगमार्फत उडान वातावरण बनाइदिन व्यवसायीको माग

२०७८ असोज, ८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरा साहसिक पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छ । यहाँ आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक प्राकृतिक सौन्दर्यसँग रमाउँदै प्याराग्लाइडिङको मजा लिने गर्छन् ।

चराजस्तै अकासमा उड्ने साहसिक खेलका रूपमा विकास भएको प्याराग्लाइडिङ सञ्चालन गर्न पोखरामा करिब ५५ वटा कम्पनीले सेवा दिँदै आएका छन् । पछिल्लो समय प्याराग्लाइडिङ पोखराको मुख्य आकर्षण बनिरहेको छ । पोखरा घुम्न आउने जोकोहीले प्याराग्लाइडिङ छुटाउँदैनन् ।

साहसिक खेलका रूपमा रहेको प्याराग्लाइडिङमा ३४२ जना टेन्डम (व्यावसायिक) पाइलट र १९० जना सोलो   (सिकारु) पाइलटले उडान भर्दै आएका छन् । तर, अब केही महिनाभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । विमानस्थल सञ्चालनमा आएपछि पोखराको ब्रान्ड बनेको प्याराग्लाइडिङको भविष्य के हुने भन्ने चिन्ता पोखरेलीमा बढ्न थालेको छ ।

पोखराबासीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने वर्षौंदेखिको सपना साकार हुँदै गर्दा पछिल्लो समय पोखराको साहसिक खेलका रूपमा स्थापित ब्रान्ड बनेको प्याराग्लाइडिङ संकटमा पर्ने देखिएको छ । पोखरामा मात्र नभए नेपालमै प्याराग्लाइडिङको पर्यायका रूपमा यस क्षेत्रलाई चिनाउन सफल भएका व्यवसायीमा समेत अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै कहाँ, कसरी ब्यवसाय सञ्चालन गर्ने भन्ने पिरलो थपिएको हो ।

लामो समयदेखि कोरोना संक्रमणका कारण थला परेको प्याराग्लाइडिङ व्यवसायको भविष्य विमानस्थल सञ्चालनमा आएपछि सञ्चालन गर्न मिल्ने÷नमिल्ने भन्नेमा व्यवसायीमा चिन्ता बढेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

उनले पोखरा विमानस्थल र नागरिक उड्डययन प्राधिकरणका प्राविधिकले समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ सम्बन्धमा अध्यायनपछि मात्र निर्णय हुने जानकारी गराएको बताए ।

पोखराको उत्तरतर्फको सराङकोटबाट हुँदै आएको उडानलाई थप व्यवस्थित बनाएर नियमित उडान गर्न नागरिक उड्डयन प्राधिकरणले अध्ययन गर्ने र त्यसपछि प्राविधिक रूपमा अध्यायन गरेपछि मात्र निर्णय हुने अध्यक्ष भण्डारीको भनाइ छ ।

‘पोखरामा अन्तर्राष्ट्रिय उडानसँग प्याराग्लाइडिङलाई व्यवस्थित गर्नेबारे प्राविधिकले अध्ययन गरेपछि मात्र निक्र्योल हुने कुरा आएको छ’, उनले भने, ‘उत्तरी क्षेत्र सराङकोटबाट हुँदै आएको उडानलाई व्यवस्थित गरेर पोखरामा प्याराग्लाइडिङसँगै अन्तर्राष्ट्रिय उडान गर्न प्राधिकरणसँग आग्रह गर्दै आएका छौं ।’

अध्यक्ष भण्डारीले योगेश भट्टराई पर्यटनमन्त्री भएका बेला पोखरा विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ चलाउन प्राविधिक हिसाबले मिल्ने/नमिल्ने सम्बन्धमा समिति बनाएर अध्ययन गरेको बताए । ‘पर्यटनमन्त्री भट्टराई भएका बेला पोखरामा प्याराग्लाइडिङ संचालन गर्न मिल्ने वा नमिल्ने भन्ने सम्बधमा एउटा समितिमार्फत अध्ययन भएको थियो,’ उनले भने, ‘समितिको प्रतिवेदन नागरिक उड्डयन प्रधिकरणमा बुझाइए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)