ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्तमा मेट्रिक घर नम्बर प्रणाली सुरु

२०७८ असोज, २२  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ । मेट्रिक विधिबाट घरलगायत संरचनाको नम्बरिङ सुरु गरेको हो ।

बिहीबार नगरप्रमुख सुरेन्द्र विष्टले मेट्रिक घर नम्बर प्रणाली उद्घाटन गरे । भीमदत्त नगरपालिका–१ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्ग उद्घाटन गर्दै नगर प्रमुख विष्टले मेट्रिक विधिबाट घरलगायत संरचनाको नम्बरिङ सुरु गरेका हुन् ।

‘नगरपालिकालाई नागरिकका समस्या पहिचान गरेर नीति निर्माणका लागि हामीले बिहीबारदेखि घरको नम्बर हाल्न सुरु गरेका छौं, उनले भने, ‘यो विधिबाट सबै वडाहरूमा सडक र घर नम्बरिङ गछौँ ।’

नगरको एकीकृत दिगो विकास र समृद्धिका लागि नगरपालिकाले थुप्रै योजना अघि सारेको बताउँदै नगरप्रमुख विष्टले प्रविधिको उच्चतम प्रयोग गरेर अघि बढ्ने धारणा व्यक्त गरे ।

आईडिसीका टिम लिडर थम्बराज श्रेष्ठले यो प्रणाली सुरु भएपछि हरेक घरको जानकारी नगरपालिकालाई हुने बताए  ।

‘यो विधिबाट नागरिक र नगरपालिका दुवैलाई फाइदा हुन्छ,’ उनले भने, ‘पालिका र जनताको सम्बन्ध विस्तार पनि हुन्छ ।’

मूल सडकदेखि मिटरका हिसाबले घरमा नम्बरिङ गरिने उनको भनाइ छ ।  सेवा– सुविधालगायत सुझाव संकलन एव अन्य विविध क्षेत्रका कामकाज सहज बनाउन  सुविधा पुग्ने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)