ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुद्ध एयरले डलरमा लिने गरेको हवाई भाडादर घटायो, यस्तो छ घटेको भाडादर

२०७८ असोज, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

असोज २६, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले २०२० जनवरीदेखि लागू हुने गरी डलर हवाई भाडादर घटाएको छ । 

विदेशी पर्यटक तथा यात्रुका लागि कम्पनीले झण्डै आधा प्रतिशतले भाडा घटाएको जानकारी दिएको छ ।नेपाली र भारतीय हवाईयात्रुका लागि सजिलो र सहज भाडादर भएपनि विदेशी पर्यटकको हकमा डलरमै भाडा तिर्नुपर्ने प्रावधान रहेको छ ।

लामो समयदेखि रहेको गुनासोलाई सम्वोधन गर्दै कम्पनीले २४ औं वार्षिकोत्सवको समयमा डलर भाडादर घटाएको हो ।

यसअघि पोखराका लागि १०६ अमेरिकी डलर तोकिएकोमा जनवरी २०२२ देखि लागू हुने गरि ६५ अमेरिकी डलरमा झारिएको छ । यस्तै अन्य गन्तव्यमा पनि भाडादर समायोजन गरिएको छ । 

महामारीपछि सुस्ताएको पर्यटनलाई सस्तिएको हवाईभाडाले थप आकर्षित गर्ने कम्पनीका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले दाबी गरे । पछिल्लो समयमा अनलाईनमार्फत डलर फेयर पनि बुकिङ भइरहेको जोशी बताउँछन् ।

यस्तो छ, भाडादर :
एकतर्फि डलर भाडादर – जनवरी २०२२ देखि लागू हुनेगरि
काठमाडौं – पोखरा    ४६५
काठमाडौं – विराटनगर     ४७६
काठमाडौं – जनकपुर    ४४२
काठमाडौं – सिमरा    ४३०
काठमाडौं – भैरहवा    ४६५
काठमाडौं – धनगढी    ४१३८
काठमाडौं – नेपालगञ्ज    ४१०२
काठमाडौं – भद्रपुर    ४९४

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)