ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेप्टेम्बरमा २१ ओटा एयरलाइन्सबाट ३ लाख ८७ हजार यात्रुले गरे उडान

सबैभन्दा धेरै बुद्ध एयरको ‘मुभमेन्ट’, २ लाख बढीले लिए सेवा

२०७८ कार्तिक, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

कात्तिक ३, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) बाट प्रभावित भएको आन्तरिक उडान क्षेत्रका लागि सेप्टेम्बर महीना उत्साहप्रद देखिएको छ । 

सेप्टेम्बर महीनामा यात्रुको संख्यामा उल्लेख्य वृद्धि देखिएसँगै एक महीनाकै अवधिमा ३ लाख ८७ हजारभन्दा बढि यात्रुले हवाइयात्रा गरेका छन् । 

आन्तरिक उडान गर्दै आएका विभिन्न २१ ओटा एयरलाइन्स कम्पनीहरुबाट उक्त अवधिमै ३ लाख ८७ हजार ५७९ जना यात्रुले उडान गरेका छन् । यद्यपी यो संख्यामा भीभीआईपी उडानका यात्रु संख्या पनि छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार सेप्टेम्बर १ तारिखदेखि ३० तारिखसम्ममा आन्तरिक उडानका जहाज तथा हेलिकप्टरहरुबाट उक्त संख्यामा यात्रुहरु आवतजावत गरेका हुन् । 

दशैंजस्ता चाडपर्व, सडक यातायातमा देखिएको अवरोध र कोभिडको संक्रमणकै बीचमा पनि हवाई यात्रा सहज र सुरक्षित हुँदा यात्रुको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो । कार्यालयको तथ्यांकअनुसार काठमाडौंबाट बाहिरिने र भित्रने यात्रुको संख्यामाभने उल्लेख्य वृद्धि छैन ।

उक्त अवधिमा काठमाडौंबाट बाहिरीने यात्रुको संख्या १ लाख ९४ हजार ९५७ रहेको छ, भने काठमाडौं भित्रनेको संख्या १ लाख ९२ हजार ६२२ रहेको छ । 
उक्त अवधिमा कुल ७ हजार ९५० ओटा उडानबाट ती संख्याका यात्रुहरुले यात्रा गरेका हुन् ।

यसैगरी यो अवधिमा सबैभन्दा बढि यात्रुलाई सेवादिने कम्पनीमा साविककै बुद्ध एयर परेको छ । उक्त कम्पनीले १ महीनाको अवधिमा नै कुल २ लाख २० हजार ८९६ जना यात्रुलाई सेवा दिएको छ । 

निजी क्षेत्रको अर्काे प्रतिस्पर्धि एयरलाइन्स कम्पनी यती एयरलाइन्सबाट भने कुल ८४ हजार २७५ जना यात्रुले यात्रा गरेका छन् । एक महीनाको अवधिमा उडान गर्ने तथा यात्रुलाई सेवा दिने कम्पनीमा निजी क्षेत्रकै श्री एयरलाइन्स कम्पनी पर्छ । उक्त कम्पनीले सो अवधिमा ५९ हजार ९०९ जना यात्रुलाई सेवा दिएको छ । यस्तै सौर्य एयरलाइन्सले भने यो अवधिमा १४ हजार १३७ जनालाई सेवादिएको छ । 

सरकारी लगानीको नेपाल एयरलाइन्सबाट भने जम्मा १ हजार ९०७ जनाले यात्रा गरेका छन् । हालै गुण ब्राण्डबाट सञ्चालन माआएको गुण एयरलाइन्स नै यो अवधिमा कुल ८४ पटक उडान अवतरण गर्दा कुल १ हजार २१३ यात्रुलाई सेवादिएको छ । यसैगरी हेलिकप्टर कम्पनीहरु हेलीएभरेष्ट, अल्टीच्युड, कैलाश, प्रभु, मनाङ, माउन्टेनलगायतका कम्पनीहरुले पनि सेवा दिएका छन् । 

आन्तरिक उडानमा अहिले बुद्ध, यती, श्री, सौर्य एयरलाइन्स प्रतिस्पर्धि देखिए पनि बुद्ध एयरबाट भने उल्लेख्य यात्रुले सेवा लिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)