ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकमा निक्षेप संकलन बढ्दो

तरलता अभाव कायमै

२०७८ कार्तिक, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौैं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको असोज महीनामा मात्र झन्डै १ खर्ब रुपैयाँ नयाँ निक्षेप संकलन गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले असोज महीनामा रू. ९७ अर्ब ४२ करोड नयाँ निक्षेप संकलन गरेका हुन् ।

नेपाल बैंकर संघबाट प्राप्त तथ्यांकअनुसार गत भदौको तुलनामा असोजमा बैंकहरूले दोब्बर मात्रामा निक्षेप संकलन गरेको देखिन्छ । गत भदौमा वाणिज्य बैंकहरूले रू. ४७ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर, असोजमा त्यो भन्दा १०४ प्रतिशत बढी निक्षेप संकलन भएको छ । अहिले वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब ६८ अर्ब ६४ करोड पुगेको छ, जुन हालसम्मकै उच्च हो ।

विभिन्न कारणले चालू आवको शुरूदेखि नै बैंकहरूमा निक्षेप आउन सकेको थिएन । साउनमा वाणिज्य बैंकहरूको कुल निक्षेप ७८ अर्ब रुपैयाँले घटेको थियो ।

तर, असोजसम्म आउँदा निक्षेप संकलनमा धेरै सुधार आएको बैंकहरू बताउँछन् ।

सरकारी खर्च बैंक निक्षेपको एउटा मुख्य स्रोत हो । तर, प्रतिस्थापन बजेट पारित हुन नसक्दा चालू आवको असोज पहिलो सातासम्म नै सरकारी खर्च हुन सकेको थिएन । फलस्वरूप बैंकमा तरलता समस्या आएको थियो । तर, प्रतिस्थापन बजेट पारित भएसँगै असोज दोस्रोसातादेखि सरकारी खर्च हुन थालेको छ । साथै, विप्रेषण आउने क्रम पनि जारी छ् । फलस्वरूप निक्षेप संकलन बढ्न थालेको हो ।

निक्षेप संकलन बढे पनि तरलताको अभाव भने कायमै रहेको बैंकहरू बताउँछन् । निक्षेप बढ्न थाले पनि तरलताको समाधान अभैm नभएको उनीहरूको भनाइ छ । विशेषगरी कर्जाको माग र प्रवाह बढी हुँदा तरलता व्यवस्थापनमा चुनौती भएको बैंकहरू बताउँछन् ।

पछिल्लो समय चाडपर्वका कारण आयात पनि उच्च मात्रामा भएको छ । त्यो आयातका लागि उद्योग तथा आयातकर्ताबाट कर्जाको माग बढेको छ । फलस्वरूप तरलता अभाव कायमै भएको बताइएको छ ।

तरलता अभाव कायमै भएपछि बैंकहरूले कात्तिक महीनाका लागि निक्षेपको ब्याज थप बढाएका छन् । गत असोजमा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर ≈वात्तै बढाएका थिए । यसपटक अधिकांश बैंकको ब्याजदर १० प्रतिशत नाघेको छ । यद्यपि, राष्ट्र बैंकले त्यसलाई संशोधन गर्न निर्देशन दिइसकेको छ । यसले बैंकहरूमा तरलताको अभाव कायमै रहने सम्भावना देखिएको छ । यसलाई कम गर्न राष्ट्र बैंकले आज (बिहीवार) १० अर्ब रुपैयाँको रिपो जारी गर्दै छ । बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि राष्ट्र बैंकले रिपोमार्पmत सीमित अवधिलाई तरलता प्रदान गर्ने गर्छ ।

असोजमा वाणिज्य बैंकहरूले रू. १ खर्ब २६ अर्ब नयाँ कर्जा प्रवाह गरेका छन् । गत भदौमा १ खर्ब ८ अर्ब र साउनमा ४३ अर्ब नयाँ कर्जा प्रवाह भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)