ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङ भ्रमणमा निस्किएका पर्यटकलाई सास्ती

२०७८ कार्तिक, ४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । मुस्ताङ भ्रमणमा आएका पर्यटकले सास्ती खेप्नुपरेको छ । चार दिनसम्म परेको अविरल वर्षाको कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाटको पहिरो, अन्नपूर्ण गाउँपालिका–३ को काभ्रेभिर पहिरो र मुस्ताङको मार्फा खोलामा आएको बाढीको कारण घण्टौंसम्म सडक अवरुद्ध हुँदा पर्यटक, यात्रु र स्थानीयवासी मारमा परेका हुन् ।

दशैंको टीकाको दिनदेखि नै म्याग्दी हुँदै मुस्ताङको भ्रमणमा दैनिक २ हजारदेखि ३ हजारे संख्यामा पर्यटक भित्रिएका छन् । राहुघाटमा सडकमाथिबाट खसिरहने पहिरो र हिलाम्मे सडकका कारण अधिकांश सवारीसाधन सडकमै फस्ने समस्याले यात्रुले घण्टौंसम्म जामको सामना गर्नुपरेको छ । मुस्ताङबाट फर्किएका चितवनका हरि सापकोटाले राहुघाटको पहिरोको जाममा ४ घण्टासम्म कुर्नुपरेको बताए । राहुघाटमा तीन दिनयता घण्टौंसम्म सवारीसाधनको एक किलोमिटर लामो जाम हुने गरेको छ । राहुघाटको पहिरोले बेनी–जोमसोम सडक हुँदै मुस्ताङको भ्रमणमा जाने पर्यटकका साथै म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका स्थानीयवासीलाई जिल्ला सदरमुकाम बेनी आवतजावत गर्न सास्ती भएको छ ।

राहुघाट र काभ्रेभीरको पहिरोमा यात्रुलाई सहजीकरण गर्न प्रहरी नियमित रूपमा खटिएका छन् भने सडकलाई नियमित सञ्चालनमा ल्याउन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरिएको छ । यद्यपि यसमा निर्माण कम्पनीले बेवास्ता गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

‘राहुघाट पहिरो पन्छाउन सडक निर्माण गर्ने ठेकेदारलाई ताकेता गर्दा पनि सम्भव भएको छैन, अहिले प्रहरीले नै यात्रुलाई सहजीकरण गर्ने काम गरेको छ,’ उनले भने, ‘तर प्रहरीको प्रयासले मात्रै सडक सहज बनाउन सम्भव छैन ।’ त्यसैगरी मुस्ताङको मार्फा खोलामा आएको बाढीले सवारीसाधन वारपार गर्ने अस्थायी पुल पुरेको छ । पुल पुरिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सवारीसाधन वारपार गराउँदा पर्यटकले घण्टौंसम्म जामको सामना गर्नुपरेको नेपाल पत्रकार महासंघ मुस्ताङका सचिव सुशील थकालीले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)