ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान फल्ने खेतमा केराखेती

२०७८ कार्तिक, १५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केराखेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रूपमा केराखेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबालीजस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केराखेती गरिएको कृषकले बताएका छन् । केही वर्षअघिसम्म परम्परागत रूपमा खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैंचामा परिणत भएको छ ।

अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केराखेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुर कार्कीले बताए । कार्कीले खेतका गह्रामा २ हजार ओटा केराका बिरुवा लगाएका छन् । त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । ‘खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको हुँ,’ थापाले भने ।

यहाँका सबै कृषकले केराखेती गरेका छन्, गाउँको करीब २० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ ।

खाद्यबाली हुने जमीन बाझिँन थालेको अवस्थामा केराखेती उपयुक्त विकल्प बनेको स्थानीयवासी कृष्णप्रसाद रिजालले बताए । यहाँका कृषकले हजार केराका करीब पाँच बिरुवा लगाएका छन् । पकाएको प्रतिदर्जन १०० रुपैयाँको दरले विक्री हुने गरेको छ । एउटै घारीबाट १ हजार कोसासम्म उत्पादन लिन सकिने कृषकको भनाइ छ ।

उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केरा खेतीका लागि अनुकूल मानिन्छ । बेनी नजीकै भएकाले कृषकलाई बजारको समस्या छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)