ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन आयातमा उच्च वृद्धि

२०७८ कार्तिक, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । पछिल्लो समय नेपालमा सुनको आयातमा उच्च वृद्धि देखिएको छ । उच्च मूल्यवृद्धि र कोरोना महामारीका कारण पछिल्लो २ आर्थिक वर्षमा सुनको आयात घटेको थियो । तर, चालू आवमा सामान्य अवस्थामा भन्दा पनि बढी सुन आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ३ महीना ११ अर्ब ७ करोड २८ लाख रुपैयाँको सुन आयात भएको छ । जुन गत आव २०७७/७८ को सोही अवधिको तुलनामा ४७ गुणा बढी हो । साथै, यो सामान्य अवस्थाको भन्दा पनि बढी हो ।

गत आवको पहिलो त्रैमासमा ७३ करोड ७० लाख रुपैयाँको सुनको आयात भएको थियो । गत आवमा कोरोना महामारीका कारण यसको व्यवसाय प्रभावित हुँदा आयातमा घटेको थियो । अघिल्लो आव २०७६/७७ को सोही अवधिमा भने मूल्य बढ्दा यसको आयातमा घटेको थियो । तर, चालू आवको समीक्षा अवधिमा सुनको आयात ह्वात्तै बढेको छ ।

नेपालमा सामान्य अवस्थामा एउटा त्रैमासमा ७/८ अर्ब रुपैयाँको हाराहारीमा सुन आयात हुने गर्छ । तर, यसपटक भने ११ अर्ब रुपैयाँ भन्दा बढीको सुन आयात भएको छ ।

यसपाली चाडपर्वमा बढी चहलपहल हुँदा सुनको आयात बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । ‘पछिल्लो २ आर्थिक वर्षमा मूल्य वृद्धि र कोरोना महामारीका कारण सुनको व्यवसाय प्रभावित भयो । तर, अहिले कोरोना महामारी साम्य हुँदै गएको छ भने मूल्य पनि केही कम भएको छ,’ उनले भने, ‘त्यसमाथि यसपालि तीज, दशैं तथा तिहारमा चहल पहल बढ्यो र आम ग्राहकले गरगहना किन्न थाले । यसरी बजारमा माग बढेका कारण आयात पनि बढ्न गएको हो ।’

अमेरिका र चीनको व्यापार युद्धका कारण २०७६ को साउनदेखि नै सुनको मूल्य बढ्न गयो । मूल्य बढेपछि सुनको गरगहनाको व्यापार स्वतः प्रभावित भएको थियो । त्यसपछि २०७६ को अन्त्य तिरबाट नै विश्वभर नै कोरोना भाइरसको संक्रमण पेलियो । त्यसलाई नियन्त्रण गर्न नेपालमा बन्दाबन्दी गर्दा सुनको व्यापार हुन सकेन । त्यसमाथि कोरोना महामारीकै कारण सुनको मूल्य थप बढ्न गयो । यस बीचमा सुनको मूल्य बढेर प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)