ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक आगमन सुधारोन्मुख

भारतपछि अमेरिका र यूकेबाट आउने पर्यटक बढे

२०७८ कार्तिक, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण कायमै भए पनि सन् २०२१ को पर्यटकीय सिजन सेप्टेम्बर र अक्टोबर महीनामा पर्यटक आगमनमा झीनो सुधार देखिएको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको महीनालाई पर्यटकीय सिजन मानिन्छ । यी २ महीनामा सन् २०२० को तुलनामा पर्यटक आगमनमा सुधार देखिएको हो । यी वर्षभन्दा अघिल्ला वर्षको तुलनामा भने यो संख्या अत्यन्त न्यून हो ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीकै वर्षमा देखिएको कोरोना भाइरसका कारण पर्यटक आगमनमा देखिएको सुस्ती यो वर्षको सिजनसँगै झीनो सुधार देखिएको छ । सन् २०२० र सन् २०२१ भन्दा अघिल्ला वर्षको अक्टोबर महीनामा नेपालमा पर्यटक आउने संख्या करीब डेढ लाख हुँदै आएकोमा हालका वर्षमा भने आधा लाख पर्यटक पनि नेपाल आएका छैनन् ।

सन् २०१९ पछि पर्यटकीय सिजन अक्टोबर महीनामा नेपालमा आउने पर्यटकको संख्यामा सुधार देखिए पनि संख्यात्मक अवस्था भने अत्यन्त न्यून देखिएको हो । उक्त वर्षको अक्टोबरमा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आए पनि सन् २०२१ को अक्टोबरमा भने जम्मा २३ हजार २८४ नेपालमा आएका हुन् । सेप्टेम्बर महीनामा पनि पर्यटक आगमन गतवर्षको भन्दा सुधार देखिएको छ । सन् २०२१ को सेप्टेम्बरमा ९ हजार ८९८ पर्यटक नेपालमा आएका छन् । यसको अघिल्लो वर्ष यही महीनामा जम्मा ५८४ जना आएका थिए ।

यो वर्षको १० महीनामा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आएका छन् । सन् २०२० मा कुल २ लाख ३० हजार पर्यटक नेपाल आएका थिए । पर्यटकीय सिजन शुरू हुँदै गर्दा र सरकारले नेपाल भ्रमण खुला गरेसँगै पर्यटक आगमनमा सुधार हुन थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार सन् २०२० को अक्टोबरमा भने जम्मा २ हजार २५ जना पर्यटक मात्रै नेपालमा आएका थिए ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२१ मा सबैभन्दा बढी पर्यटक अघिल्लो महीना अर्थात् अक्टोबरमा नेपाल आएका छन् ।

कोरोना भाइरसको घट्दो संक्रमणदर, खोप लगाउने संख्यामा वृद्धि र पर्यटक आगमनका लागि सहज बनाएपछि पहिलो सिजन महीना अक्टोबरमा पर्यटक आगमनको संख्यामा सुधार देखिएको हो ।

बोर्डको तथ्यांकअनुसार यो महीनामा भारतीय पर्यटक नै धेरै आएका छन् । यस महीनामा भारतबाट ८ हजार ७३६ पर्यटक नेपालमा आएका छन् । भारतपछि चिनियाँ पर्यटक धेरै आउने भए पनि यो महीनामा भने अमेरिकाबाट आउने पर्यटक धेरै छन् । यस महीनामा अमेरिकाबाट ४ हजार ७११ पर्यटक नेपालमा आएका छन् । यसैगरी बेलायतबाट आउने पर्यटकको संख्या तेस्रो स्थानमा छ । यस देशबाट नेपालमा १ हजार ३८१ पर्यटक आएका छन् ।

बोर्डको तथ्यांकअनुुसार भारत, अमेरिका र बेलायतबाट नेपालमा आउने पर्यटकको संख्या अन्यको तुलनामा बढी छ । सार्क देश बंगलादेश, भारत, पाकिस्तान, भुटान, श्रीलंकाबाट गरी कुल ९ हजार ४२० जना पर्यटक नेपालमा आएका छन् ।

यूरोपेली देशहरू बेलायत, पोल्यान्ड, नर्बेलगायत देशबाट कुल ५ हजार ४१९ जना पर्यटक आएका छन् भने क्यानडा र अमेरिका गरी २ देशकै पर्यटक आगमन संख्या उच्च छ । यी देशबाट कुल ५ हजार २७४ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार जनवरीमा ८ हजार ८७४, फेब्रुअरीमा ९ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा १ हजार ४६८, जुनमा १ हजार १४३, जुलाईमा २ हजार ९९१, अगस्टमा ५ हजार ९१७ पर्यटक नेपालमा आएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)