ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिजुली पाएसँगै रू. २० अर्ब लगानी थप्दै होङ्शी सिमेन्ट

२०७८ कार्तिक, २९  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । व्यावसायिक उत्पादन शुरू गरेको ३ वर्षपछि बिजुली पाएको होङशी शिवम् सिमेन्ट उद्योगमा थप लगानीसहित क्षमता विस्तार गरिने भएको छ । हालको उत्पादन क्षमतालाई दोब्बर बनाउन उद्योगमा रू. २० अर्बभन्दा बढी लगानी थप गर्न लागिएको हो । यसअघि उद्योगमा रू. ३६ अर्ब लगानी भइसकेको छ ।

२०७५ जेठदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले हालसम्म डिजेलको प्रयोगबाट सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले शनिवार रातिदेखि ३० मेगावाट (मेवा) विद्युत् उपलब्ध गराएको छ । नवलपरासीको सर्दीस्थित उद्योगबाट अहिले दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगले दोस्रो चरणमा प्रतिदिन ६ हजार गरी पूर्ण क्षमतामा सञ्चालन गर्न लगानी थप्न लागेको हो ।

कुल १२ हजार उत्पादन क्षमताको उद्योगले लगानी थपेपछि उद्योग पूर्ण क्षमतामा सञ्चालन हुनेछ । थप लगानी र क्षमता विस्तारमा पनि लगानी मोडालिटी भने पुरानै हुनेछ । हाल सञ्चालित उद्योगमा चिनियाँ लगानीकर्ता कम्पनी हङकङ रेडलायनको ७० प्रतिशत र नेपाली लगानीकर्ता शिवम् सिमेन्टको ३० प्रतिशत लगानी छ । यही मोडालिटीअनुसार नै उद्योगमा थप लगानी विस्तार हुने उनले बताए । क्षमता विस्तार गर्न चिनियाँ लगानीकर्ताले ७० प्रतिशत लगानी थप्नेछन् ।

दोस्रो चरणको उत्पादन विस्तारका लागि अहिले पेपर वर्क भइरहेको छ,’ एक नेपाली लगानीकर्ताले भने, ‘अब प्राप्त बिजुलीको वस्तुस्थितिको मूल्यांकन गरिनेछ र विद्युत्को गुणस्तर राम्रो भएमा अबको ३÷४ महीनामा लगानी भिœयाउन शुरू गर्ने र थप फ्याक्ट्रीलगायत संरचनाहरू बनाउन शुरू गरिनेछ ।’ उद्योगले नवलपरासीको सर्दीमा १०० बिगाहा जग्गा किनेको थियो । यही उद्योगमा फ्याक्ट्री राखिनेछ । अहिले वैकपिक माध्यमबाट प्राधिकरणले उद्योगलाई ३० मेवा विद्युत् उपलब्ध गराए पनि उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन भने ५० मेवा पुर्‍याउनुपर्छ । त्यसका लागि अब उद्योगलाई थप २० मेवा विद्युत् आवश्यक पर्ने उनले बताए । उद्योगको तापबाट नै अहिले ८ मेवा विद्युत् उत्पादन भइरहेको छ । थप विस्तार गर्दा पनि सोही क्षमतामै विद्युत् निस्कने उनको भनाइ छ । प्राधिकरणले उद्योगलाई बर्दघाट–सर्दी (१३२ केभी) प्रसारणलाइन आयोजनाबाट विद्युत् उपलब्ध गराउने भनिए पनि तत्कालका लागि भने बर्दघाट–भरतपुर २२० केभी प्रसारण प्रयोग गरी उद्योगलाई बिजुली उपलब्ध गराएको हो । बर्दघाट–सर्दी (१३२ केभी) प्रसारणलाइनबाट उद्योगलाई २०७६ मै बिजुली उपलब्ध गराउने योजना प्राधिकरणको थियो । तर, साइट क्लियर, रूख कटान र कोभिडका कारण काममा विलम्ब भएको आयोजनाले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)