ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुर्घटना बीमाका लागि छुट्टै निर्देशिका

२०७८ कार्तिक, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो ।

नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन । कम्पनीहरूले समितिबाट छुट्टै स्वीकृति लिएर तथा अन्य पोलिसीमा जोडेर दुर्घटना बीमाको कारोबार गर्दै आएका थिए । समितिले अहिले आएर यस सम्बन्धमा आवश्यक मापदण्ड नै बनाएर निर्देशिका नै जारी गरेको हो ।

समितिका सूचना अधिकारी निर्मल अधिकारीले दुर्घटना बीमासम्बन्धी पहिलो पटक निर्देशिका जारी गरिएको बताए । ‘पहिलेदेखि नै दुर्घटना बीमाको कारोबार त हुदैं आएका थियो । तर, त्यसलाई सम्बोधन गर्ने कुनै निर्देशिका तथा मापदण्ड थिएन,’ उनले भने, ‘कम्पनीहरूले विभिन्न वैकल्पिक माध्यमबाट यसको कारोबार गर्दै आएका थिए । त्यसपछि अहिले आएर छुट्टै निर्देशिका नै जारी गरेका हौं । अब दुर्घटना बीमाको कारोबार थप सहज हुने अपेक्षा गरेका छौं ।’

समितिले निर्जीवन बीमा कम्पनीहरूका लागि उक्त निर्देशिका जारी गरेको हो । अब निर्जीवन बीमा कम्पनीहरूले नयाँ निर्देशिकाअनुसार नै यस्तो बीमाको कारोबार गर्नुपर्नेछ ।
समितिले निर्देशिकामार्पmत व्यतिगत तथा सामूहिक रूपमा समेत दुर्घटना बीमा गर्न पाउने व्यवस्था गरेको छ । कुनै समूहमा आबद्ध व्यक्तिहरूको मात्रा सामूहिक रूपमा यस्तो बीमा गर्न सकिनेछ । बीमा गर्ने उद्देश्यले नै छुट्टै समूह स्थापना भने गर्न नपाइने बताइएको छ ।

व्यक्तिगत दुर्घटना बीमा गर्दा प्रतिहजार २ रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ । त्यसअनुसार कुनै एक जना व्यक्तिले रू. १ लाखको दुर्घटना बीमा गर्दा रू. २०० प्रिमियम तिर्नुपर्ने देखिन्छ ।

सामूहिकतर्फ भने २५ जनासम्मको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ नै शुल्क लाग्नेछ ।

२६ देखि १०० जनासम्मको बीमा गर्दा भने प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ७५ पैसा र १०० जनाभन्दा बढीको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ५० पैसा बीमाशुल्क लाग्नेछ ।

बीमाशुल्कमा कुनै छूट दिन नमिल्ने व्यवस्था पनि गरिएको छ । तर, ग्राहक अभिकर्ता मार्फत नभएर आफै कम्पनीमा गएर बीमा गरेमा ५ प्रतिशतसम्म छूट दिन सकिने व्यवस्था गरिएको छ । यसरी छूट दिँदै गर्दा पनि हूलदंगा र आतंकवादको बीमाशुल्कमा भने छूट दिन नपाइने निर्देशिकामा उल्लेख छ ।

समितिले यस्तो बीमामा न्यूनतम बीमादर पनि लागू गरेको छ । बीमाशुल्क गणना गर्दा प्रति बीमालेख १०० रुपैयाँभन्दा कम शुल्क लिन पाइने छैन । लघुबीमाअन्तर्गत गरिने बीमामा यो व्यवस्था लागू नहुने बताइएको छ ।

समितिले पर्वतारोहण बीमामा बीमांकको शून्य दशमव ७५ प्रतिशत बराबरको थप बीमाशुक लिन पाइने व्यवस्था पनि गरेको छ । यसैगरी कावा खाने तेल, घोडदौड, बन्जी जम्पिङ, प्यारा ग्लाइडिङ वा मोटरसाइक दौडका कारण भएको दुर्घटना, पोलो, शिकार, स्कुवा ड्राइभिङ, निशानवाजीका लागि पनि बीमांकको शून्य दशमलव ५ प्रतिशत बराबरको थप बीमाशुल्क लिनुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो बीमाको अवधिमा कम्तीमा १ महीनादेखि १ वर्षसम्मको रहेको छ । बीमालेखको अवधिअनुसार बीमाशुल्क फरक फरक अनुपात हुने पनि बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)