ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मूल्यवृद्धि ९% हुने जनताको अपेक्षा

२०७८ मंसिर, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । अबको १ वर्षमा नेपालको मूल्यवृद्धि (मुद्रास्फीति) दोहोरो अंकमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले यस्तो देखाएको हो ।

राष्ट्र बैंकको उक्त सर्वेक्षणको प्रतिवेदन आइतवार सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले अबको १ वर्षमा मिन औसत मूल्यवृद्धि १० दशमलव ३ प्रतिशत पुग्ने अपेक्षा गरेको देखिएको छ । यसैगरी मिडियन औसत मूल्यवृद्धि भने ९ प्रतिशत पुग्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

आगामी ३ महीनामा नेपालको मिन (औसत) मूल्यवृद्धि भने ९ दशमलव ६ प्रतिशत पुग्ने अपेक्षा छ । सोही अवधिमा मिडियन मूल्यवृद्धि भने ८ प्रतिशत पुग्ने अपेक्षा गरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले अवको ३ महीनामा अर्थात् चालू आवको दोस्रो त्रैमासमा मूल्यवृद्धि त्यस बराबर पुग्ने देखाएको हो ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख तथा कायकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले सर्वेक्षणमा  जनताले मूल्यवृद्धिको अपेक्षा गरेको बताए । बजारका ग्राहकहरूले दिएको जवाफको आधारमा यस्तो मूल्यवृद्धिको अपेक्षा गरेको देखिएको उनको भनाइ छ ।

‘तर, त्यसअनुसार मूल्यवद्धि हुन्छ कि हुँदैन, त्यो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले देखाउनेछ,’ उनले भने ।

हालैको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले असोजमा प्रक्षेपण गरेअनुसार मूल्यवृद्धि भएको देखिँदैन । सर्वेक्षणले वर्तमान समय अर्थात् असोजमा औसत मूल्यवृद्धि ९ दशमलव ४ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

विश्वका अधिकांश केन्द्रीय बैंकहरूले मूल्यवृद्धि अपेक्षाका बारेमा सर्वे गर्दै आएका छन् । नेपालमा पनि राष्ट्र बैंकले गत आवको माघदेखि यस्तो सर्वेक्षण गर्दै आएको छ । राष्ट्र बैंकले असोजमा गरेको यो सर्वेक्षण दोस्रोपटक गरिएको हो । यस्ता सर्वेक्षणबाट आउने नतिजाअनुसार आवश्यक पोलिसीहरू बनाउन तथा सम्बद्ध नीतिलाई परिमार्जन गर्न सहज हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

ग्राहकको उमेरअनुसार मूल्यवृद्धिको अपेक्षा फरक देखिएको छ । २५ वर्षसम्मका ग्राहकले अबको ३ महीनामा औसत मूल्यवृद्धि १० दशमलव ६ प्रतिशत पुग्ने अपेक्षा गरेका छन् । अबको १ वर्षमा भने दशमलव ३ प्रतिशत पुग्ने उनीहरूको अपेक्षा छ । यसैगरी ५६ वर्ष माथिका ग्राहकले अबको ३ महीनामा ११ दशमलव २ र १ वर्षमा १२ दशमलव प्रतिशत मूल्यवृद्धि पुग्ने बताएका छन् ।

यस्तै, शहरअनुसार पनि मूल्यवृद्धि फरकफरक हुने प्रक्षेपण गरिएको छ । वीरगञ्जका ग्राहकले अबको ३ महीनामा १२ दशमलव ५ र १ वर्षमा १३ दशमलव ४ प्रतिशत मूल्यवृद्धि पुग्ने बताएका छन् । यस्तै, नेपालगञ्जका ग्राहकले अबको ३ महीनामा ५ दशमलव ९ र १ वर्षमा ५ दशमलव ९ प्रतिशत नै मूल्यवृद्धि पुग्ने अपेक्षा गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)