ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महामारी मत्थर भएसँगै कामदारको माग बढ्यो

२०७८ मंसिर, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना महामारी मत्थर भएसँगै तङ्ग्रिन थालेको वैदेशिक रोजगारीमा गन्तव्य मुलुकहरूबाट नेपाली कामदारको माग बढ्न थालेको छ । नेपाली कामदारको माग बढेसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा प्रत्येक महीनौंजसो बढ्दो देखिएको हो । देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि नेपालबाट कात्तिक महीनामा मात्रै करीब ५५ हजार युवा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार कात्तिक महीनामै खाडी, मलेशिया तथा अन्य मुलुकमा रोजगारीका लागि ५४ हजाार ९ सय १८ नेपालबाट विदेशिएका छन् । यसमा दुबई १३ हजार ५ सय ५०, साउदी अरब १७ हजार ९ जना र सबैभन्दा बढी कतार १९ हजार ८१ जना युवा पुगेका छन् । यस्तै, कात्तिक महीनामै नयाँ कामको खोजीमा म्यानपावरमार्पmत २७ हजार ७ सय ९ जना युवा वैदेशिक रोजगारीमा गएका छन् ।

कात्तिक महीनामा बिदामा नेपाल आएर पुनः वैदेशिक रोजगारीका लागि फर्कनेको संख्या २४ हजार ९ सय रहेको छ । अहिले दैनिक २ हजारसम्म युवा रोजगारीका लागि विदेशिन थालेका छन् । मलेशियाले पनि भर्खरै मात्रै कामदार लैजान शुरू गरेको छ । कात्तिक महीनामा नेपालबाट ८२ जना कामदार रोजगारीका लागि मलेशिया पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा मात्रै १ लाख ५६ हजार ५७ जना युवा रोजगारीका लागि विदेशिएका छन् ।

वैदेशिक रोजगारीमा खासगरी कामदारको पहिलो रोजाइमा कतार परेको छ । ४ महीनामै नेपालबाट ५९ हजार २ सय ७० जना युवा रोजगारीका लागि कतार पुगको छन ।

यसैगरी ४ महीनाकै अवधिमा नेपालबाट ५४ हजार ९४ जना युवा रोजगारका लागि साउदी अरब पुगेका छन् भने २८ हजार ४ सय ६८ जना यूएई पुगेका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काप्mलेका अनुसार पछिल्ला यी तथ्यांकबाट कोरोनाका कारण शिथिल बनेको वैदेशिक रोजगारीले लय समात्न थालेको देखाउँछ ।

पछिल्लो समय नयाँ कामदारको डिमान्ड कोरोनाअघि भन्दा बढी आउन थालेको वैदेशिक रोजगार व्यवसायीहरू पनि बताउँछन् । म्यानपावर व्यवसायीहरूको संस्था वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठका अनुसार गन्तव्य मुलुकहरूले कोरोनाका कारण नेपाललाई रेडजोनमा राख्नेक्रम विस्तारै फुकुवा गरेसँगै डिमान्ड बढेको छ र वैदेशिक रोजगारीमा जानेको संख्यामा समेत वृद्धि भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)