ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लयमा फर्किँदै आर्थिक कारोबार : वीरगञ्ज भन्सारबाट ९२ प्रतिशत बढ्यो वैदेशिक व्यापार

२०७८ मंसिर, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना महामारीबाट थलिएको आर्थिक गतिविधि विस्तारै लयमा फर्किन थालेको छ । आयातनिर्यात परिमाणका आधारमा देशकै मुख्य भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को वैदेशिक व्यापारको आँकडाले यस्तो संकेत गरेको हो ।

वीरगञ्ज भन्सारबाट हुँदै आएको आयातनिर्यात चालू आवको पहिलो चौमासिक अवधिमा ९२ प्रतिशतले बढेको छ । यो परिमाण गतवर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा उल्लेख्य बढी भएको वीरगञ्ज भन्सारले जानकारी दिएको छ । वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार चालू आवको साउनदेखि कात्तिकसम्ममा यो नाकाबाट कुल २ खर्ब ६४ अर्ब २७ करोड रुपैयाँबराबरको आयात निर्यात भएको छ ।

यो परिमाण गत आवको सोही अवधिमा १ खर्ब ३७ अर्ब ६० करोड रुपैयाँबराबर थियो । गत आव पहिलो २ महीना कोरोना महामहारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा रहेको र त्यसपछि बजार खुले पनि अन्योलले बजारले गति लिन सकेको थिएन । त्यसको प्रभाव वैदेशिक व्यापारको परिमाणमा परेको भन्सारका अधिकारीहरू बताउँछन् ।

२०७६ चैत ११ बाट लगाइएको बन्दाबन्दी र निषेधाज्ञा २०७७ भदौ अन्तिमसम्म जारी थियो । असोजदेखि निषेधाज्ञा हटाइए पनि दैनिकी सामान्य बन्न समय लागेको थियो । बन्दाबन्दी र निषेधाज्ञाको प्रतिकूल प्रभाव आन्तरिक उत्पादन र बजारमा पर्दा वैदेशिक व्यापार घटेको हो । चालू आवको कात्तिकसम्ममा वीरगञ्ज नाकाबाट २ खर्ब २४ अर्ब ७१ करोड रुपैयाँबराबरको विदेशी मालसामान भित्रिएको छ । यो अवधिमा ३९ अर्ब ५६ करोड रुपैयाँबराबरको स्वदेशी उत्पादन निर्यात भएको छ ।

मूल्यका आधारमा गतवर्षको तुलनामा यो ४ महीनामा आयात ८० प्रतिशतले बढेको छ । निर्यात व्यापार २१८ प्रतिशतले बढेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाउँछ ।

गत आवको पहिलो ४ महीनामा १ खर्ब २५ अर्ब रुपैयाँ मूल्यको आयात हुँदा निर्यात १२ अर्ब ४४ करोड रुपैयाँको भएको थियो । वीरगञ्ज नाकाबाट पेट्रोलिम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थलगायत सामान बढी आयात हुन्छ । निर्याततर्पm प्रशोधित खाने तेल, जूस, पिना, कपडा, घागोलगायतको योगदान बढी छ ।

वीरगञ्ज भन्सार भएर सबैभन्दा बढी भारतीय मालसामान भित्रिएको छ । भारतबाट १ खर्ब ५८ अर्ब रुपैयाँबराबरको मालसामान आयात हुँदा निर्यात ३८ अर्ब २ करोड रुपैयाँबराबरको छ ।

नेपालबाट हुने निकासी व्यापारको सबैभन्दा ठूलो बजार भारत हो । वीरगञ्ज भन्सारबाट भएको वैदेशिक व्यापारमा मात्रै भारतसँगको व्यापारघाटा १ खर्ब २० अर्ब रुपैयाँबराबर छ । चीनबाट १३ अर्ब ८९ करोडको मालसामान आउँदा निकासी १ करोड ३० लाख रुपैयाँको भएको भन्सारले बताएको छ । कोरोना महामारी उत्कर्षमा रहेका बेला ठप्प भएको आर्थिक गतिविधिले गति समात्न थालेकाले वैदेशिक व्यापारको आकार बढेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।

बन्दाबन्दी र निषेधाज्ञाको बेला अवरुद्ध बजारले अहिले गति लिएसँगै माग र उत्पादनमा दबाब पर्दा त्यसको प्रभाव वैदेशिक व्यापारको आकारमा देखिएको उद्यमी राजेश क्यालको बुझाइ छ । ‘कोरोना संक्रमण बढी भएका बेला बन्दाबन्दी र निषेधाज्ञाले उत्पादन र आपूर्ति अवरूद्ध भयो । अहिले आम दैनिकी चलायमान भएसँगै त्यसको स्वाभाविक प्रतिक्रिया बजारमा देखिएको हो,’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)