ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुद्ध एयरको सेवा दुर्गमतर्फ केन्द्रित

२६ विमानस्थल छनोटमा

२०७८ मंसिर, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । २०७५ असार १५ गतेदेखि बुद्ध एयरले अन्तरराष्ट्रिय उडानतर्पm पहिलोपटक नेपालको काठमाडौं र भारतको बनारस उडान शुरू गरेको थियो । त्यसपछि भारतकै कोलकाता र दिल्ली उडानलाई प्राथमिकता दिएको उक्त एयरले सोचेजस्तो बिजनेश नपाउँदा र भारतले दिल्लीतर्पmको उडान रूटमा अनुमति नदिँदा अहिले भने नेपालकै दुर्गम क्षेत्रमा कम्पनी केन्द्रित भएको छ ।

२४औं वार्षिकोत्सव मनाइसकेको बुद्ध एयरले काठमाडौं–कोलाकता उडान २०७६ जेठबाट शुरू गरेको थियो । तर, कोलकाताबाट आउने यात्रु कम भएको र कम्पनीलाई घाटा भएको भन्दै बुद्धले ६ महीना उडान गरेपछि मङ्सिरमा यो उडान सेवा बन्द गरेको थियो । यस्तै नेपालगञ्जबाट भारतको दिल्ली उडान गर्ने योजना पनि अघि सारेको कम्पनीले भारतले रूट नदिँदा यो गन्तव्यमा भने उडान शुरू गरेको छैन ।

अन्तरराष्ट्रिय उडानलाई उच्च महŒव दिएको बुद्धले पोखरामा यस्तै उडानलाई लक्षित गर्दै ‘बुद्ध एयर इन्टरनेशनल’ कम्पनी नै स्थापना गर्ने योजना पनि अघि सारेको थियो । काठमाडौं–बनारस उडानलाई बाहेक अन्य अन्तरराष्ट्रिय गन्तव्यलाई अहिले थाती राखेको बुद्ध एयरले अब भने दुर्गमतर्फको उडानलाई लक्षित गर्दै उडान योजना अघि सारेको छ ।

निजीक्षेत्रको अग्रणी मानिँदै आएको उक्त कम्पनीले दुर्गम गन्तव्यमा उडान गर्न १९ सीटे ट्वीनअटर विमान खरीददेखि सोही किसिमका विमानस्थल पनि छान्न शुरू गरेको छ । दुर्गम क्षेत्र अर्थात् स्टल रूटमा सञ्चालन हुने ट्वीनअटर विमान खरीद, विमानस्थल छनोट, पाइलट तथा जनशक्ति तयार गर्ने विषयमा बुद्धले गृहकार्य शुरू गरिसकेको कम्पनीका कम्युनिकेशन म्यानेजर दीपेन्द्रकुमार कर्णले जानकारी दिए । उनले दुर्गममा जानका लागि २६ ओटा विमानस्थल छानिएको पनि बताए ।

जहाजसँगसँगै पाइलट, विमानस्थल छनोटलगायत आवश्यक तयारी १ वर्षभित्र पूरा गर्ने बताउँदै उनले तीमध्ये सम्भावना देखिएका विमानस्थलहरूमा उडान निश्चित गरिने बताए । सुदूरपश्चिमका लागि नेपालगञ्ज, पश्चिमका लागि पोखरा र पूर्वका लागि रामेछापको मन्थलीलाई हब बनाएर बुद्धले स्टल रूटमा उडान गर्नेछ । मन्थलीबाट सोलुखुम्बु, ताप्लेजुङ विमानस्थल, नेपालगञ्जबाट हुम्ला, सिमीकोटजस्ता गन्तव्य र पोखराबाट जोमसोमजस्ता गन्तव्यमा उडान गर्ने कम्पनीको तयारी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)