ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली बैंकलाई पहिलोपटक क्षेत्रीय अवार्ड     

एनएमबी बन्यो बैंक अफ दि इयर एशिया

२०७८ मंसिर, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाली बैंकले पहिलोपटक क्षेत्रीय अवार्ड प्राप्त गरेको छ । एनएमबी बैंकले एशियाकै उत्कृष्ट अर्थात् बैंक अफ दि इयर एशिया–२०२१ अवार्ड पाएको हो ।

लन्डनबाट प्रकाशित हुने दि बैंकर म्यागजिनले यो वर्षका लागि एनएमबी बैंकलाई उक्त अवार्डका लागि छनोट गरेको हो । एनएमबी बैंकले बैंक अफ दि इयर एशियाको अवार्ड पाउनु आफैमा उत्कृष्ट भएको बताएको छ ।

यसअघि २०१७ मा एनएमबी उक्त अवार्डका लागि नोमिनेशनमा परेका थियो । तर, विजेता बन्न सकेको भने थिएन । यसपालि, चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानलगायत मुलुकका कडा प्रतिस्पर्धी बैंकलाई पछि पार्दै एनएमबी एशियाकै उत्कृष्ट बैंक घोषित भएको हो ।

दिगो बैंकिङका लागि गरेको पहल, डिजिटल रूपान्तरण, उच्च कर्पाेरेट कार्यशैलीका कारण बैंकले उक्त अवार्ड जितेको हो । एनएमबीले दिगो संगठनात्मक संरचनामा आफ्नो पहिचान बनाएकाले उक्त पुरस्कारका लागि योग्य मानिएको बताइएको छ ।

एनएमबी बैंकले बुधवार काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै उक्त अवार्ड पाउन छनोट भएको जानकारी दिएको छ । दि बैंकर म्यागजिनले बुधवार नै उक्त पुरस्कारको आधिकारिक घोषणा गरेको थियो ।

बुधवार नै बालुवाटारमा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू तथा कार्यकारी अधिकृतको उपस्थितिमा उक्त उपाधि प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट ग्रहण पनि गरिएको छ । उपाधिका लागि बैंकलाई बधाई दिँदै सम्माननीय प्रधानमन्त्रीले ‘दि बैंक अफ दि इयर एशिया २०२१’ अवार्डद्वारा सम्मानित भएर एनएमबी बैंकले रचेको इतिहास नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि भएको बताए । यसअघि नेपालका एनएमबीसहित नेपाल इभेस्टमेन्ट, मेगा, ग्लोबल आईएमई तथा स्ट्यान्र्डड चार्टड बैंकले बैंक अफ द एयरको अवार्ड पाएका थिए ।

यसपालि एशियाको उत्कृष्ट बैंकको अवार्डका साथै नेपालको बैंक अफ दि इयर २०२१ को अवार्ड पनि एनएमबी बैंकले नै प्राप्त गरेको छ ।

एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले अबको लक्ष्य बैंक अफ दि वल्र्ड हुने रहेको बताए । ‘अहिले बैंक अफ दि इयर एशिया अवार्ड पाएका छौं । जुन आफैमा ठूलो उपलब्धि हो,’ उनले भने, ‘तर, हामी यसैमा सीमित हुँदैनौं । अबको ५ वर्षमा नै बैंक अफ दि इयर वल्र्ड हुने गरेर काम गर्नेछौं ।’

एनएमबीले अन्य बैंकले भन्दा फरक ढंगले काम गर्दा यो अवार्ड पाउन सफल भएको उनको भनाइ छ । ‘हामीले साना उद्योगलगायत क्षेत्रमा बढी कर्जा प्रवाह गरेका छौं । यस्तै, कृषि, एसएमई, सहुलियपूर्णलगायत कर्जामा पनि तोकिएको न्यूनतम सीमाभन्दा बढी ऋण प्रवाह गरेका छौं,’ उनले भने, ‘त्यसैले एनमबीले फड््को मार्दै गएको छ ।’

एनएमबी कर्पाेरेट बैंक मात्र भएर नबस्ने उनको भनाइ छ । बैंकले गाउँगाउँमा पनि ऋण लगानी बढाउने उनको प्रतिबद्धता रहेको छ । ‘अब एनएमबी नेपाललाई, नेपालको माटो र नेपालीलाई सुहाउँदो बैंक बनाउनेछौं । गाउँगाउँमा लगानी गर्ने वातावरण बनाउने छौं,’ अध्यक्ष गोल्यानले भने ।

एनएमबीका सीईओ सुनील केसीले नेपाली बैंक पनि दक्षिण एशियामा उत्कृष्ट बन्न सक्छन् भनेर प्रमाणित भएको बताए । यो अवार्डले नेपाली बैंकिङ क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा थप अगाडि बढाएको उनको भनाइ छ । ‘मुलुकको क्रेडिट रेटिङ नभएको अवस्थामा हामी अन्तरराष्ट्रिय फाइनन्सियल मार्केटमा उदाउन सकेका छौं । याो आफैमा ठूलो उपलब्धि हो,’ उनले भने, ‘यस्तै, अबको दिनमा एनएमबीलाई थप उचाइमा लैजाने गरि काम गर्नेछौं ।’

 एनएमबी नेपालकै मस्ट सस्टेनेबल, ट्रस्टेटबल बैंक हुने पनि उनले बताए । समग्र बैंकिङ क्षेत्रलाई नै परिवर्तन गर्नेगरी अगाडि बढ्ने उनको भनाइ छ ।

‘यो अवार्ड पाएपछि बैंकलाई थप जिम्मेवारी पनि बढेको छ । अब सोहीअनुसार नै काम गर्ने छौ र हौसला पनि बढेको छ,’ उनले भने, ‘अबका दिनमा एनएमबी अझै इतिहास रच्दै जानेछ ।’

सन् २००० मा स्थापित बैंक अफ द इयर अवार्ड प्रत्येक देशको उत्कृट बैंकलाई प्रदान गरिदै आइएको छ । साथै, पश्चिमी यूरोप, मध्य पूर्वी यूरोप, एशिया, अमेरिका, मध्यपूर्व र अफ्रिका गरी ६ ओटा महादेशका उत्कृष्ट बैंकलाई पनि छुट्टाछुट्टै अवार्ड दिइन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूलाई मूल्यांकन गर्ने मानकको रूपमा लिइन्छ ।

बैंकको वृद्धि, कार्यसम्पादनको शैली, बैंकको रणानीतिक पहल, डिजिटल प्रविधिको उपयोग, दिगो विकासका लागि गरिएको गतिविधि र प्रतिकूल परिस्थितिको सामना गर्ने क्षमता तथा मापदण्डको आधारमा यो अवार्ड प्रदान गर्ने गरिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)