ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्र बैंक अध्ययन : ठूला उद्योगलाई आईपीओमार्फत क्षमता बढाउने अवसर

२०७८ मंसिर, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । पूँजीबजारतर्फ आमसर्वसाधारणको आकर्षण बढ्दै गएको अवस्थामा ठूला उद्योगहरूलाई आईपीओमार्फत पूँजी वृद्धि गरी क्षमता बढाउने अवसर देखिएको छ ।

आईपीओ मार्फत पूँजी वृद्धि गरी उत्पादनसमेत बढाउन सक्ने सम्भावना नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको हो ।

राष्ट्र बैंकले वागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययनले वागमती प्रदेशभित्रका उद्योगहरूको हकमा यस्तो सम्भावना रहेको देखाएको हो । पछिल्लो समय नेपाली पूँजीबजारमा सर्वसाधारणको आकर्षण बढेको छ । आम सर्वसाधारणले अनलाइनमार्फत नै पूँजीबजारमा लगानी गर्दै आएका छन् । कुनै कम्पनीले आईपीओ निष्कासन गर्दा २४/२५ लाख जनाले आवेदन दिने गरेका छन्, त्यो अवस्थामा वागमती प्रदेशका उद्योगहरूलाई आईपीओमार्फत पूँजी वृद्धि गर्ने अवसर हुने राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यसबाट उद्योगको उत्पादनसमेत बढ्न सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

मुलुकका अधिकांश ठूला उद्योग वागमती प्रदेशमा नै छन् । अन्य प्रदेशका उद्योगका कर्पोरेट कार्यालयहरू पनि वागमतीमै छन् । त्यसमाथि पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) यही छन् ।

साथै, मर्चेन्ट तथा क्यापिटल कम्पनीहरू पनि यही प्रदेशमा छन् । त्यस कारण वागमती प्रदेशका उद्योगहरूलाई यस्तो सम्भावना भएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

‘यी नै कारणले वागमती प्रदेशका उद्योगलाई आईपीओमार्फत पूँजी बढाउन सहज छ । फलस्वरूप उनीहरूको उत्पादन बढ्ने सम्भावना हुन्छ,’ उनले भने, ‘वागमतीका उद्योगहरूले यस्तो गरेमा अन्य प्रदेशका उद्योगहरूले पनि सिक्दै जान सक्नेछन् ।’

यस्तो अवसर र सम्भावना सबै प्रदेशका उद्योगहरूलाई रहेको उनको भनाइ छ । ‘प्रत्येक प्रदेशको आर्थिक गतिविधिसम्बन्धी अध्ययन फरकफरक समूहले गरेका हुन्, त्यसअनुसार सबैले यो ढंगले नसोच्न पनि सक्छन् । त्यसैले अन्य प्रदेशको अध्ययन प्रतिवेदनमा यस सम्बन्धमा उल्लेख नभएको पनि हुन सक्छ,’ उनले भने, ‘तर, अहिले पूँजीबजारतर्फ आकर्षण बढेको अवस्थामा सबै प्रदेशका उद्योगलाई यो अवसर हुन सक्छ ।’

राष्ट्र बैंकको उक्त अध्ययनले वागमतीमा औद्योगिक उत्पादन बजारीकरणको सम्भावना उच्च रहेको देखाएको छ । प्रदेशमा जनघनत्व बढी भएका कारण यस्तो सम्भावना रहेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै, उद्योगको विकास र विस्तार गरी रोजगारीको अवसर वृद्धि गर्न सकिने सम्भावनासमेत वागमती प्रदेशमा रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)