ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओमिक्रोन त्रासले मुस्ताङ प्रवेशमा कडाइ

२०७८ मंसिर, २०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भाव्य संक्रमणलाई दृष्टिगत गर्दै जिल्ला प्रवेशमा कडाइ गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछि जनजीवन सामान्य बन्दै गएपछि मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढ्दै गएको थियो । तर, बाह्य मुलुकमा ओमिक्रोन संक्रमण देखिन थालेपछि पर्यटक मार्फत संक्रमण फैलन सक्ने सम्भावना रहेकाले मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार विशेष गरी पर्यटकहरूका लागि सात दिनभित्रको पिसिआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो । तर, मुस्ताङमा स्थायी बसोवास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीका लागि भने यो शर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

‘मंसिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागु हुनेगरी मुस्ताङ प्रवेशमा विशेषगरी घुम्न आउनेहरूका लागि कडाइ गरेका छौं, त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,’ प्रजिअ शर्माले भने, ‘नेपाल भित्रिएका बाह्य पर्यटक तथा आन्तरिक पर्यटक एक पटक मुस्ताङ पुगेर आउने सोच राखेका हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको बेलामा पर्यटकहरूको माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।’ जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न आदेश दिएको छ । यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायतका अनिवार्य कार्य गर्नुपरे बढीमा २५ जनाभन्दा भेला हुन नपाउने भनिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)